Logo फाल्गुन २१, २०७७ शुक्रबार


अस्पतालबाट घर लगिएकी कोरोना संक्रमितको मृत्यु

खगेन्द्र पराजुली
नवलपुर । आर्थिक अवस्थाका कारण थप उपचार गर्न नसक्दा एक वृद्धाको मृत्यु भएको छ । स्वास्थ्यमा थप समस्या थपिएपछि आर्थिक अभावका कारण परिवारले उपचारमा लैजान नसक्दा नवलपुरको हुप्सेकोट ४ शंखदेवकी ७० वर्षीया वृद्धाको बुधबार मृत्यु भएको हो ।

स्वासप्रस्वासमा समस्या भई मंसिर १० गते मध्यबिन्दु जिल्ला अस्पतालमा भर्ना भएकी ति महिलामा १४ गते कोभिड पुष्टि भएको थियो ।

अस्पतालको कोभिड उपचार केन्द्रको आईशोलेशनमा उपचाररत ति वृद्धामा दम र निमोनियाको समस्या बढ्दै गएपछि भेन्टिलेटर सुबिधा सहितको अस्पतालमा रिफर गर्दा आर्थिक र पारिवारिक कारण देखाउँदै घर लैजाने प्रक्रिया मिलाईदिन परिवारले दिएको मन्जुरीनामाका आधारमा बिरामीलाई घर लगेको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालका कोरोना फोकल पर्सन डा. शिवराज न्यौपानेका अनुसार ति वृद्धाका छोराले अस्पतालमा मन्जुरीनामा दिएका हुन् ।

वृद्धामा दम र निमोनियाको समस्या बढ्दै गएकाले भरतपुर रिफर गर्दा लैजान नसक्ने भन्दै परिवारले मंगलबार घर लगेको डा. न्यौपानेले बताउनुभयाे । योसँगै जिल्लामा कोरोना संक्रमणका कारण २९ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

ध्यानाकर्षण पत्रमा पार्टीको आधिकारिकता विवाद शीघ्र छिनोफानो गर्न आग्रह गरिएको छ ।

‘नेकपा अहिले संक्रमणको अवस्थामा छ, देशभरका नेता तथा कार्यकर्ताहरुको चाहनाबमोजिम पार्टी एकताका लागि अघि बढ्नुको विकल्प छैन ।’

फागुन २३ गते बस्ने प्रतिनिधि सभा बैठकमा कसरी प्रस्तुत हुने भन्ने सम्बन्धमा रणनीति बनाउनका लागि संसदीय दलको बैठक बोलाइएको हो।

उहाँले आगलागी पीडितहरूको पुनःस्थापना र सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन पहल गर्ने बताउनुभयो ।

संसदीय दलको कार्यालय सिंहदरबारमा आज (शुक्रवार) बसेको संसदीय दलको बैठकले उहाँलाई नेतामा सर्वसम्मत रुपमा चयन गरेको हो ।

हस्ताक्षर कार्यक्रममा उपप्रधान एंव रक्षामन्त्री ईश्वर पोखरेल लगायत सरकारका मन्त्रीहरुको उपस्थिति थियो ।