प्रधानमन्त्री ओली र भाजपा विदेश विभाग प्रमुखबीच बालुवाटारमा भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा) विदेश विभाग प्रमुख विजय चौथाइवाबीच भेटवार्ता भएको छ।
बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओली र चौथाइवाबीच भेटवार्ता भएको हो।
चौथाइवासँगको भेटमा दुई देशको जनस्तरको सम्बन्ध विस्तार गर्ने बारेमा सामान्य कुराकानी भएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले बताउनुभयो । भेटमा अर्थमन्त्री विष्णु पौडेल पनि सहभागी हुनुहुन्थ्यो । पछिल्लो समय भारतका उच्चस्तरका व्यक्तित्वहरुको नेपाल भ्रमण र कुटनीतिक भेटवार्ता बाक्लो भएको छ । यहीबीच भारतको सत्तारुढ दलका विदेश विभाग प्रमुखले पनि नेपाल भ्रमण गर्नुभएको हो ।
यसअघि भारतीय विदेश सचिव हर्षवर्द्धन श्रींगला मंसिर ११ गते नेपाल आउनुभएको थियो ।