अस्पतालजन्य फोहोर व्यवस्थित गरिने

मोरङ । जिल्लाले शहरी क्षेत्रमा सञ्चालित अस्पतालबाट निस्किएको फोहोर अव्यवस्थित हुँदा विभिन्न संक्रमण फैलिने सक्ने त्रास बढेपछि प्रदेश १ सरकारले त्यसको व्यवस्थापनका लागि प्रक्रिया सुरु गरेको छ ।
प्रदेशभित्रका १४ वटा जिल्ला अस्पतालबाट निस्किएको फोहोरको व्यपस्थापनका लागि प्रक्रिया सुरु गरिएको प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले बताउनुभयो।
त्यसका लागि मन्त्रालयले बुधबार सरोकारवाला निकायहरुसँग छलफलसमेत गरेको गोरखापत्रमा प्रकाशित छ ।