Logo बैशाख ५, २०७८ आइतबार


‘संघीयता र गणतन्त्रको विकल्प छैन’

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदेश त्रिपाठीले संघीयता र गणतन्त्रको विकल्प नभएको बताउनु भएको छ। राजतन्त्रको इतिहासबाट हरेक स्वतन्त्र अधिकार संकुचित हुने कुरा जनताले बुझेको बताउनु हुँदै मन्त्री त्रिपाठीले विद्यमान व्यवस्थाको विकल्प राजतन्त्र हुन नसक्ने प्रष्ट पार्नुभएको हाे ।

मन्त्री त्रिपाठीले गणतन्त्र र लोकतन्त्रको सौन्दर्यताकै कारण आज विभिन्न समूहहरु सडकमा देखिएको र हिजोको निरंकुश राजसंस्थामा यसरी सडकबाट माग राख्न नपाइएको कुरा सबैले मनन गर्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘राजतन्त्र केन्द्रीयताको पक्षमा हुन्छ र संघीयता अनि लोकतन्त्रको विपक्षमा रहन्छ। यो कुरालाई बुझ्न २०४७ सालको संविधानको अन्त्यमा गरिएको प्रजातन्त्र र लोकतन्त्रमाथिको प्रहारबाट नै स्पष्ट हुन्छ।’ कसैले धर्मलाई राजनीतिको सहारा बनाउँछ भने यो धर्मको दुरुपयोग हुने र धर्ममाथिकै अन्याय र धार्मिक आचरण विरुद्धको काम हुने पनि उहाँले बताउनुभयो ।

वर्तमान संविधान जारी भइसकेपछि मूलतः वैचारिक संघर्ष मौन रहको र कोरोना महामारीको प्रभावले व्यक्ति, समाज र सिंगो नै असुरक्षित भइरहेको बताउनुहुँदै उहाँले जनतामा मनोविज्ञान कमजोर भएको बेला धर्म र यस्ता विषयमा राजनीति गर्नु गैरजिम्मेवार राजनीति भएको टिप्पणी गर्नुभयो ।

सत्ताधारी दल नेकपाभित्र देखिएको राजनैतिक अन्तरविरोध पनि गम्भीर भएको मन्त्रि त्रिपाठीको बुझाइ छ । ‘असन्तुष्टि हुनु बेठिक होइन बरु असन्तुष्टि नै परिवर्तनका मुख्य कारण हुने भएकाले त्यसलाई सकारात्मक रूपमा लिन सक्नुपर्ने देख्छु’ उहाँले भन्नुभयो, ‘तर मैले मुख्य समस्या र चुनौती के देखेको छु भने जनताबाट निर्वाचित दलभित्र देखिएको आन्तरिक कलह गम्भीर छ। जस्तै तत्कालीन नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक कलहका कारण २०४८ सालपछि देश मध्यावधिमा गयो र जसका कारणले पछि त्यो प्रणाली पनि गयो र संविधान पनि रहेन। त्यस कारण अहिले नेकपाभित्र देखिएको विवादले पनि त्यस्तै जोखिम सिर्जना गरेको छ।’

पछिल्लो समय नेकपाका मतदाता, कार्यकर्ता र आम जनतामा निराशा देखिएको र यहीबेला केही शक्ति व्यवस्था विरुद्ध लागेको उल्लेख गदै उहाँले भन्नभयो, ‘यदि नेकपा विभाजन भयो भने यो प्रणालीमा नै ग्रहण लाग्न सक्छ र यो व्यवस्था पनि जान सक्छ, किनकी संविधानलाई बोक्ने मुख्य सामाजिक राजनीतिक शक्ति कमजोर हुँदा संविधानको मर्म तथा भाव नै खण्डित हुन्छ र त्यसको संरक्षण र कार्यान्वयनमा चुनौती देखिन्छ।’

संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री त्रिपाठीले अब आफूलाई दास बनाउन जनताले आन्दोलन नगर्ने पनि प्रष्ट पार्नुभयो। नेपाली राजनीतिमा सार्वभौम सत्ता र राजकीय सत्ता कसमा रहने भन्ने पुरानै बहस जारी रहेको उहाँको भनाइ छ । राजधानीमा भएकाे एक कार्यक्रममा त्रिपाठीले ठुलो संघर्षबाट राष्ट्रको नेतृत्व एक संस्थाबाट जनतामा ल्याइएकोले सार्वभौम सत्ताको स्रोत र अधिकार जनताले नगुमाउनेसमेत उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । वर्तमान सरकारमा सहभागि हुने या नयाँ गठबन्धन निर्माण गरी अघि बढ्ने भन्ने दोधारमा रहेको जनता समाजवादी पार्टी (जसपा)…

हाल देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीको अबस्था रहेको महाशाखाको भनाइ छ।

बोली वचनले साथ दिनेछ। आफन्त भेटघाट हुनेछ। धनको कारोबार बढ्नेछ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापामा एमालेकै वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपालसमूहले पार्टी पुनर्गठन गरेको…

३ वटा सुरुङहरु निर्माण गर्नुपर्ने भएकाले नेपालको सन्दर्भमा नयाँ काम चुनौतिपूर्ण छ ।

तनहूँ जिल्लाको नाम तनहूँसुरबाट अप्रभंश भएर रहेको भन्ने किंवदन्ती छ ।