Logo बैशाख २, २०७८ बिहीबार


चिया श्रमिकको सम्मानमा प्रतिमा निर्माण

इलाम । चियाको राजधानी मानिने इलाममा चिया श्रमिकको सम्मानमा प्रतिमा निर्माण गरिएको छ । इलाम नगरपालिकास्थित चोकबजारमा प्रतिमा निर्माण गरिएको हो ।

प्रतिमामा एक महिलाले चिया टिपेर पछाडि डोकोमा राख्दै गरेको देखिन्छ । सोही प्रतिमाको विश्व मानवअधिकार दिवसको अवसमा अनावरण गरिएको छ ।

नगरका सूचना अधिकारी रामकुमार शाहका अनुसार प्रतिमा तामा र पित्तलबाट निर्माण गरिएको हो । नगरले चियाको प्रवर्द्नका लागि चियाको बिरुवा रोपण शुरु गर्ने गजराजसिंह थापाको प्रतिमासमेत निर्माण गर्दैछ । इलामकै सबैभन्दा पुरानो इलामको चियाबारीको बीच लभडाँडामा प्रतिमा निर्माण गर्न थालिएको हो ।

चिया श्रमिकको सम्मानस्वरूप इलाम चोक बजारमा चिया टिप्दै गरेको श्रमिक महिलाको प्रतिमा पालिकाको आर्थिक सहयोगमा निर्माण गरिएको बताइएको छ । नेपालमा तत्कालीन इलामका बडाहाकिम गजराजसिंह थापाको पहलमा चिया खेती शुरु भएको मान्यता रहिआएको छ ।

विसं १९२० मा पहिलो पटक चीनबाट चियाको बिरुवा झिकाएर खेती शुरु गरिएको हो । जिल्लालाई चियाको जिल्ला भनेर चिनाउन योगदान दिएबापत सम्मानस्वरूप थापाको प्रतिमा यसअघि नै निर्माण गरिसकिएको छ । चिया खेतीको विस्तारसँगै श्रमिकसमेत सोही समयदेखि सक्रिय रहेको भन्दै श्रमिकको सम्मानस्वरूप प्रतिमा निर्माण गरिनु आजको आवश्यकता बनेकाले निर्माण गरी चोकमा राखिएको पालिका प्रमुख महेश बस्नेतले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…

अधिवेशन अन्त्य भइसकेपनि नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गरेका छन्…

संसदमा पेस भएको संघीय निजामती सेवा विधेयकमा अधिकृत पदमा खुलाबाट ८० प्रतिशत र बढुवाबाट २० प्रतिशत पदपूर्ति गर्ने व्यवस्था गरिएको…

हालसम्म बाँके जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५९ पुगेको छ ।

घाइते तामाङको विएण्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ।