Logo बैशाख २, २०७८ बिहीबार


अब समृद्धिकाे बाटोमा अघि बढ्नुपर्छ : मन्त्री राई

भगीरथ भण्डारी
इलाम । प्रदेश नं. १ का मूख्यमन्त्री शेरधन राईले हत्या, हिंसा, आतंकले विकास अघि नबढ्ने बताउनुभएकाे छ । इलामको माङसेबुङ गाउँपालिकाको माङमालुङमा महाप्रभु ज्योतिनन्द माङपाहाङ राई गुरुको शालिकको अनावरण कार्यक्रमको सम्बाेधन गर्दे राईले हत्या हिंसा, आतंकले देश विकास नहुने बताउनुभएकाे हाे ।

विश्वका कुनै पनि देशमा यूद्धकाे कुरा छैन, हिंसाको कुरा छैन, जुनसुकै मुलुकमा रहेका सबै नागरिक शान्ति, एकता सहिष्णुता, सदभाव र सम्मानको पक्षमा हिँडिरहेकाे भन्दै राईले अब हत्या, हिंसा आतंकबाट हैन समृद्धिकाे बाटोबाट अघि बढ्नु पर्ने बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘शक्ति राष्ट्रहरु विज्ञान र प्रविधिको माध्यमबाट आफूलाई बलियो र शक्तिशालि सावित गर्नका लागि होडबाजी गरिरहेका छन् ।’ ‘हामी नेपालीहरु पनि शान्क्ति, एकता, सहिष्णुता, सदभावको पक्षमा अघि बढिरहेको र विभिन्न कालखण्ड पार गर्दे हामी एक ढिक्का भएर उभिन सकेको भन्दै सबै प्रकारका द्वन्द्वबाट हामीले व्यवस्थापन गर्दे सबै जात, भाषाका नागरिक एक आपसमा समृद्धिका लागि अघि बढ्नु पर्ने बताउनुभयाे ।’

शालिक निर्माण स्थानीय सरकार माङ्सेबुङ गाउँपालिकाको आर्थिक वर्ष २०७५/०७६ को बजेटबाट जम्मा १४ लाख र अन्य सहयोगी निकायबाट प्राप्त सहयोगको लगभग ४० लाख गरी ५० लाख बढीको लागतमा निर्माण भएको शालिकको जम्मा लागत ६० देखि ७० लाख पुग्ने अनुमान गरिएको आयोजक निर्माण समिति माङमालुङ अखण्ड ज्योतिसिद्ध चारधाम संस्थाका अध्यक्ष देशवहादुर राईले बताउनुभयाे । थप लागतको लागि प्रदेश नं. १ सरकारसँग बजेट माग गरिएको छ । कार्यक्रममा बोल्दै मूख्यमन्त्री राईले शालिक निर्माण तथा माङमालुङ पर्यटन प्रवर्द्धनका लागि ३५ लाख रकम बिनियोजन गरिने प्रतिवद्धता राखेका छन् ।

को हुन् ज्योतिनन्द ?

महाप्रभु ज्योतिनन्द गुरुको जन्म वि स २०१४ साल मंसिर ७ गते इलामको वेतेनीमा आफ्नो मावाली गाउँमा भएको थियो । ज्योतिनन्दको आफ्नो घर भने साविक इभाङ गाउँ विकास समिति वडा नं. ४ हालको माङसेबुङ २ पावा हो । गुरु बुवा दिलबहादुर माङपाहाङ राई र आमा दिलमाया राईको कोखबाट एक मात्र छोराको रुपमा जन्मेका थिए ।

गुरुका ५ जना दिदीबहिनीहरु रहेका छन् । दिदीबहिनीहरुमध्ये ३ जना अझै जिवित रहेका छन् भने २ जनाको देहावसन भईसकेको छ । ज्योतिनन्दका एक छोरा छन् । छोरा अर्जुन माङपाहाङ समेत माङथुक्पा (पुजारी) रहेका छन् । गुरुको मृत्यू २०४१ साल पुष ११ गते निजी निवासमा भएको थियो ।

गुरुलाई माङमालुङ देवस्थल उजागर कर्ता ज्योती दर्शकका प्रवर्तक महाप्रभुको रुपमा चिनिन्छ । उनी खासगरी माङमालुङ धार्मिक क्षेत्रको उत्खननकर्ता मानिन्छन् । प्राकृतिक रुपमा धनी माङमालुङ क्षेत्रमा उनले ऐतिहासिक उत्खनन्, पहिचान, निर्माण र संरक्षण गरी माङको स्थानको रुपमा माङमालुङलाई सर्वप्रथम चिनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष

देश १ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन रचट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको…

राजनीतिमा लाभ मिल्नेछ। कामको सम्मान हुनेछ। ठुलाबडाले साथ दिनेछन्।

पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसारका लागि नेपालमा विदेशी फिल्म निर्माण गर्न दिने नीति निर्माण गर्नुपर्ने रेग्मीले बताउनुभयो ।

राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई छिट्टै सम्पन्न गरी वायोमेट्रिक प्रणाली औठाछापको माध्यमबाट बेवारिसे शवको पहिचान गरी संख्या शुन्यमा पुर्याउन समितिले निर्देशन…

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…