Logo बैशाख ६, २०७८ सोमबार


बिहानै पिकअप भ्यानमा आगजनी , २४ लाख बढीको क्षति

सप्तरी । विष्णुपुर गाउँपालिका ६ मा पिकअप भ्यानमा आगलागी भएको छ । गोरगमाका बेचन मुखियाको भ्यानमा शनिबार बिहान अपरिचित व्यक्तिले आगजनी गरेका हुन् ।

आफ्नै घरअगाडि राखिएको स. १ च १७२५ नम्बरको भ्यानमा आगजनी भएको हो। प्रहरीका अनुसार आगजनीबाट २४ लाख बढीको क्षति भएको छ ।

बिहान १ बजे घर अगाडि राखिएको पिकअपमा पेट्रोल छर्केर आगजनी गरेको पीडितले बताए । आगो स्थानियबासी, प्रहरी तथा राजविराजबाट आएको बारुण यन्त्रको सहयोगमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

व्यक्तिगत राजनीतिक रिसीभीका कारण पिकअपमा आगजनी गरिएको हुन सक्ने बताइएकाे छ, यसबारे थप आवश्यक अनुसन्धान कार्य भइरहेकोसमेत प्रहरीले जनाएको हाे।

 

 

प्रतिक्रिया दिनुहोस्
विशेष

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटसमार्फत कलाकार श्रेष्ठले आफूलगायत परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनु भएको हो ।

चित्त बुझ्दाे जवाफ नआएको खण्डमा वैशाख १० गते बस्ने बैठकले कारबाही गर्ने निर्णयसमेत गरेको बताइएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भइरहेकाे क्रिकेटमा मलेसियाविरुद्ध नेपालले सानदार जित हासिल गरेकाे छ।

ओली नेतृत्वले गरेका कुनैपनि भेला कोरोना मुक्त हुने तर अरुले गरेका भेलाले कोरोना फैलाउने भन्ने कुरालाई मान्न नसकिने पनि बताउनुभयो…

विवाह, ब्रतबन्ध, मलामीजस्ता कार्यमा २५ जनाभन्दा बढी सहभागी हुन पनि रोक लगाएको छ ।

हिजो मात्रै देशभर गरी संक्रमितको संख्या एक हजार नाघेको छ। काठमाडौं उपत्यकामा मात्रै पाँच सयको हाराहारीमा संक्रमण फैलिएको छ ।