Logo बैशाख २, २०७८ बिहीबार


पशुपति क्षेत्रको वाग्मतीमा बढ्न थाल्यो फोहर

काठमाडौं । वाग्मती सफाइ महाअभियानको ३ सय ९६ औँ हप्तामा पशुपति र शंखमूल क्षेत्रमा सफाइ गरिएको छ । पशुपति क्षेत्रको सफाइ अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य एवं अभियानकर्मी माला खरेलको नेतृत्वमा भएको हो । वाग्मती सफाइमा सहभागि गंगा पुरीलगायतका अभियानकर्मीले पशुपतिबाट तिलगंगासम्म सीमित अभियानकर्मीले मात्र सफाइ गर्दा जम्मा भए जति सबै फोहर उठाउन नसकिएको बताउनुभयो ।

पशुपतिको आर्यघाट र भष्मेश्वरघाटमा पछिल्लो समय शव आउने क्रम बढेसँगै यस क्षेत्रको नदी किनारमा पनि फोहर बढ्दै गएको छ । शवमा प्रयोग हुने कपडा, फूलमाला, क्रियापुत्रीले पहिले लगाएका कपडा, बाँसलगायत फोहर नदीमै फालिने गरेको छ । वर्षामा बहाव धेरै हुँदा यी बगाएर लगे पनि हिउँदमा पानी घटेसँगै नदीमा फोहर बढ्ने गरेको छ ।

यसैगरी शंखमूल पुल क्षेत्रमा गरिएको सफाइमा विशेषगरी माइक्रो पार्कका चालक सहचालकलाई चेतना जगाइएको अभियानकर्मी डा. लक्ष्मी पौडेलले जानकारी दिनुभयो । माइक्रो पार्कमा फोहर राख्ने डष्टबिनसमेत सो अवसरमा वितरण गरिएको थियो ।

विष्णुमती सफाइको ३ सय २५औँ हप्तामा काठमाडौं महानगरपालिका वडा नम्बर १७ खुसिबु क्षेत्रमा सफाइ गरिएको छ । विश्व शान्ति तथा अध्यात्म विज्ञान समाजलगायत स्थानीय संस्थाको सक्रियतामा भएको सफाइमा ‘नदीमा फोहर नफालौँ जल सभ्यताको संरक्षण गरौँ’ भन्दै अभियानकर्मी सक्रिय रहेको संयोजक शोभाकान्त पाण्डेले जानकारी दिनुभयो । सफाइमा भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर ६० जनाले सफाइ गरेको जनाइएको छ ।

यसैगरी गुह्येश्वरीमाथिको वाग्मती, रुद्रमती, मनोहरा, चक्रपथको उत्तरी र पश्चिमी भेगलगायत स्थानमा पनि सफाइ गरिएको छ । कोरोना कहर चलिरहेकाले सबै स्थानको सफाइमा नदी किनार नजीकै निवास भएका अभियानकर्मीमात्र सहभागी हुँदै आएका छन् ।

नदी किनारभन्दा टाढा निवास रहेका अभियानकर्मी टोल सफाइ एवं चेतना अभिवृद्धिमा सक्रिय हुनुभएको जनाइएको छ । २०७० जेठ ५ गतेदेखि दुई २ घण्टा देशका लागि स्वयंसेवा भन्ने नाराका साथ वाग्मती सफाइ महाअभियान शुरु भएको हो । वाग्मती सफाइ महाअभियान शुरु भएसँगै यसका सहायक नदी, उपत्यकाका विभिन्न स्थानसहित देशभरका मुख्य मुख्य स्थानमा सफाइ भइरहेको छ ।

हाल देशभर १०६ भन्दा बढी स्थानमा सफाइ भइरहेको जनाइएको छ । वाग्मती सफाइ महाअभियान आगामी पुस २५ गते ४०० वाग्मती औँ हप्तामा प्रवेश गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

देश १ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन रचट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको…

राजनीतिमा लाभ मिल्नेछ। कामको सम्मान हुनेछ। ठुलाबडाले साथ दिनेछन्।

पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसारका लागि नेपालमा विदेशी फिल्म निर्माण गर्न दिने नीति निर्माण गर्नुपर्ने रेग्मीले बताउनुभयो ।

राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई छिट्टै सम्पन्न गरी वायोमेट्रिक प्रणाली औठाछापको माध्यमबाट बेवारिसे शवको पहिचान गरी संख्या शुन्यमा पुर्याउन समितिले निर्देशन…

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…