Logo बैशाख ५, २०७८ आइतबार


नेपाली बजारमा नयाँ इलेक्ट्रिक अटोको बिक्री शुरु

काठमाडाैं । प्रतिष्ठित व्यावसायिक संस्था हिमालयन अर्गनाइजेशन अन्तर्गतको हिमालयन मोटोराड कम्पनीले नेपाली बजारमा नयाँ इलेक्ट्रिक अटोको बिक्री शुरु गरेको छ ।

कम्पनीले केरेला अटोमोबाइल्सले भारतमा निर्माण गरेको निम–जि इलेक्ट्रिक अटो नेपाली बजारमा ल्याई विक्री वितरण शुरु गरेको हो ।कम्पनीले देशभर आज (आइतबार) देखि बिक्री वितरण शुभारम्भ गरेको छ ।

कम्पनीका अनुसार इलेक्ट्रिक अटोको सञ्चालन खर्च प्रति किलोमिटर ७५ पैसा रहेको छ । अटोमा जडान गरिएको ब्याट्रीमा तीन वर्ष वा १५ सय लाइफ सर्कलको वारेन्टी रहेको छ भने ३ घण्टा ५५ मिनेटमै फूलचार्ज गर्न सकिने छ ।

अटोले ३० डिग्रीसम्मको उकालो सजिलै चढ्न सक्ने र नेपालको बाटो सुहाउँदो भएको बताइएको छ । टेम्पोले प्रति घण्टा ५० किलोमिटर यात्रा गर्न सक्ने छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । वर्तमान सरकारमा सहभागि हुने या नयाँ गठबन्धन निर्माण गरी अघि बढ्ने भन्ने दोधारमा रहेको जनता समाजवादी पार्टी (जसपा)…

हाल देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीको अबस्था रहेको महाशाखाको भनाइ छ।

बोली वचनले साथ दिनेछ। आफन्त भेटघाट हुनेछ। धनको कारोबार बढ्नेछ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापामा एमालेकै वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपालसमूहले पार्टी पुनर्गठन गरेको…

३ वटा सुरुङहरु निर्माण गर्नुपर्ने भएकाले नेपालको सन्दर्भमा नयाँ काम चुनौतिपूर्ण छ ।

तनहूँ जिल्लाको नाम तनहूँसुरबाट अप्रभंश भएर रहेको भन्ने किंवदन्ती छ ।