Logo बैशाख ३, २०७८ शुक्रबार


काेराेना पीडित व्यवसायीद्वारा संघर्षकाे घाेषणा

काठमाडौं । कोरोनाका कारण पीडित बनेका विभिन्न क्षेत्रका पेशा व्यावसायीहरुले सर्वपक्षीय पेशागत संघर्ष समितिको घोषणा गरेका छन्। महामारी पीडित सर्वपक्षीय पेशा व्यावसायिक संघर्ष समितिले काठमाडौंको पालज्ञ होटलमा भएको कार्यक्रममा निजी तथा सम्पूर्ण पेशा व्यावसायीहरुको वर्तमान समस्या, चुनौती र समाधानको विषयमा उक्त संघर्ष समित घोषणा गरेको हो।

संयुक्त संघर्ष समितिले कोभिड १९ बीचको समय अवधिभरको घर भाडा राज्यले व्यहोर्नुपर्ने, नौ महिनाको बैंकको किस्ता र ब्याज खारेज गर्नुपर्ने र किस्ताको समय अवधि थप गर्नुपर्ने, उद्योग र व्यवसायीले चलाएका मजदुर, कर्मचारीको आधा तलब राज्यले व्यहोर्नुपर्ने र आधा सम्बन्धित उद्योग व्यावसायिक संघ संस्थाले बेहोर्नु पर्ने जस्ता माग अघि सारेको छ।

कार्यक्रममा नेपाल निर्माण संघ, सार्वजनिक यातायात संघ, ट्याक्सी व्यवसाय, प्याप्सन, एन प्याप्सन, क्याटिङ तथा पाटी प्यालेस, हान, टान, नाटा, आयूर्वेद व्यवसायी, पर्यटक यातायात व्यवसायी, महिला उद्यमी व्यवसायी, नेपाल बोतल एसोसिएसन, अभिभावक नेपालल गायतका संगठनहरुको उपस्थिति रहेको थियो।

कोरोनाले सिर्जना गरेको अवस्थाका कारण प्रभावित पेशा व्यवसायीहरुको समस्या सम्बोधन सरकारले नगरेको संयुक्त पेशा व्यावसायिक संघर्ष समितिले जनाएको छ। वर्तमान सरकारले पेशा व्यावसायीहरुको वास्ता नगरेको, दुःख, पीडा र मर्मलाई नबुझेका कारण आन्दोलित हुनुपर्ने अवस्था आएको संघर्ष समितको भनाइ छ।

कार्यक्रममा संयुक्त पेशा व्यवसायी संघर्ष समितिका अध्यक्ष कर्णबहादुर शाही र सार्वजनिक यातायात व्यवसायीका कार्यवाहक अध्यक्ष किरण रिजालले बताउनुभयाे ।

प्रतिक्रिया दिनुहोस्
विशेष

देश १ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन रचट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको…

राजनीतिमा लाभ मिल्नेछ। कामको सम्मान हुनेछ। ठुलाबडाले साथ दिनेछन्।

पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसारका लागि नेपालमा विदेशी फिल्म निर्माण गर्न दिने नीति निर्माण गर्नुपर्ने रेग्मीले बताउनुभयो ।

राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई छिट्टै सम्पन्न गरी वायोमेट्रिक प्रणाली औठाछापको माध्यमबाट बेवारिसे शवको पहिचान गरी संख्या शुन्यमा पुर्याउन समितिले निर्देशन…

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…