Logo बैशाख १, २०७८ बुधबार


‘काठमाडौंको सभ्यता किसानमा आधारित’

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले काठमाडौं उपत्यकाको सभ्यता किसानमा आधारित भएको तर किसानद्वारा उत्पादिन वस्तुको मूल्य आफै निर्धारण गर्न नसकेको बताउनुभएको छ ।

काठमाडौं महानगरपालिकाको २६ औं महानगर दिवस मनाउन आयोजित कार्यक्रममा बोल्दै मन्त्री त्रिपाठीले किसानमा आधारित सभ्यता भएपनि किसानले आफ्नो उत्पादनको मूल्य आफै निर्धारण गर्न नसक्ने किसान हुनु समस्या चिन्ताको विषय भएको बताउनुभएको हो ।

कार्यक्रममा बोल्दै मन्त्री त्रिपाठीले भन्नुभयो, ‘सन्सारमा आफ्नो उत्पादनको मूल्य आफै निर्धारण गर्न नसक्ने किसान हुनु चिन्ता र समस्याको विषय रह्यो, किसानहरूले आफ्नो उत्पादनको मूल्य आफै तोक्न पाउनु पर्छ’, उहाँले भन्नुभयो, ‘सरकारी चिनी मिल निजिकरण गरियो र ति उद्योग सञ्चालन हुन नसेकाले सरकारले बजारमा हस्तक्षेप गर्न सकेको छैन।’

नेपालमा उखु कृषकले आफ्नो उत्पादनको मूल्य नपाउनुको मुख्य कारण पनि किसानले आफै मूल्य निर्धारण गर्न नसक्नुनै रहेको त्रिपाठीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । विभाजनको संघारमा रहेको नेकपा (एमाले) का दुवै समूह पृथक ढंगले अघि बढिरहे पनि भित्र/भित्रै केही नेताहरु पार्टी एकढिक्का…

राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

सन्तानबाट धनको सुख पाइनेछ। व्यापारमा लाभ हुनेछ। परिश्रमको फल मिल्नेछ।

कम लागतमा धेरै फाइदा लिन सकिने हुँदा माहुरी पालन पेशा फाईदाजनक भएको खत्रीकाे भनाइ छ ।

जतिसुकै नयाँ बीमा योजना ल्याएपनि यी समस्यालाई समाधान नगरेसम्म बीमा बजारको विस्तार हुन नसक्ने उहाँकाे भनाइ थियाे ।

कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचाररत उनको आज बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले…