Logo बैशाख २, २०७८ बिहीबार


‘भ्रष्टचारको रकम भागबन्डा नमिल्दा नेकपामा विवाद’

प्रतिक पौडेल
भैरहवा । कांग्रेसका शीर्ष नेता केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले नेकपाको अध्यक्षद्वयमा भएको विवाद विधि र पद्धतीको लागि नभएर भ्रष्टचारबाट आएको रकममा भागबन्डा नमिल्दा भएको आरोप लगाउनुभयो । भैरहवाको वुद्धचोकमा भएको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै पूर्व राष्ट्रिय सभा सदस्य समेत रहनुभएका पाण्डेले नेकपा विवाद भ्रष्टाचारको रकममा भागबन्डा नमिलेर भएको आरोप लगाउनुभएको हो ।

पाण्डेले सरकार भष्ट्रचारमा चुर्लुम्म डुबेको कारण देश र राष्ट्रियता माथि खतरा भएको बताउनुभयो । पाण्डेले सरकारको रवैयाका कारण सबै प्रजातन्त्रवादी जनता सडकमा एक साथ आएर सरकारका विरुद्ध नारा लाउनुपर्ने परिस्थिती सिर्जना भएको बताउनुभयो । पाण्डेले सरकारको नालायकपनका कारण राजावादीहरु सडकमा आएर जनता भड्काउन खोजेको बताउनुभयो ।

विरोध प्रदर्शनमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई पर्दा पछाडि लुकेर राजनीति नगर्न आग्रह गर्दै पाण्डेले राजनीति नै गर्ने इच्छा भए दल खोलेर मैदानमा उत्रन चेतावनी समेत दिनुभयो ।

यसैगरी कार्यक्रममा बोल्दै नेपाली कांग्रेश नेता तथा प्रतिनिधिसभा सार्वजनिक लेखा समितीका सभापती भरत शाहले सरकारले अर्बौँ रकमको भ्रष्टचार गरेको आरोप लगाउनुभयो । शाहका अनुसार वाइडबडी खरिद, सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद, स्वास्थ समाग्री तथा उपकरण खरिद प्रकरणमा सरकारले अर्बौँ रकम अनियमितता गरेको छ ।

शाहले प्रधानमन्त्री केपी शर्मा ओली भ्रष्ट्रचारमा शुन्य शहनशिलता अपनाउने भाषण दिने गरेपनि सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद र स्वास्थ समाग्री तथा उपकरण खरिद प्रकरणमा मुछिएका आफ्ना विश्वासपात्रलाई कारबाहीको दायरामा ल्याउन नखोजेको आरोप लाउनुभयो ।

विरोध प्रदर्शनमा नेपाली कांग्रेस नेता तथा प्रतिनिधिसभा सदस्य प्रमोद यादव, पूर्व रुपन्देही जिल्ला सभापती रामचन्द्र ढकाल, महासमिती सदस्य इस्तियाक अहमद खान, रुपन्देही क्षेत्र नं १ सभापती तथा देवदह नगरपालिका प्रमुख हिरा केसी, सिद्धार्थ उधोग बाणिज्य संघका अध्यक्ष कुल प्रसाद न्यौपाने लगायत वक्ताहरु बोल्दै सरकार गम्भीर नभए हजारौँ जनता लडेर ल्याएको व्यवस्था खतरामा पर्ने बताए । वक्ताहरुले कम्युनिष्ट सरकार आफू पनि सिद्धिने र सम्पूर्ण व्यवस्थालाई पनि सिद्ध्याउने दिशातर्फ अघि बढेको दाबी गरे ।

सोमबार भैरहवाको बुद्धचोकदेखी सयौँको संख्यामा निस्किएको र्याली देवकोटा चोक–मिलनचोक–प्रहरीटोल–नारायणपथ हुँदै बुद्धचोक पुगेर सभामा परिणत भएको थियो । विरोध प्रदर्शनमा सहभागिता जनाउन रुपन्देहीको सदरमुकाम भैरहवामा जिल्लाको १६ वटै पालिकाबाट कार्यकर्ता उपस्थित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष

देश १ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन रचट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको…

राजनीतिमा लाभ मिल्नेछ। कामको सम्मान हुनेछ। ठुलाबडाले साथ दिनेछन्।

पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसारका लागि नेपालमा विदेशी फिल्म निर्माण गर्न दिने नीति निर्माण गर्नुपर्ने रेग्मीले बताउनुभयो ।

राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई छिट्टै सम्पन्न गरी वायोमेट्रिक प्रणाली औठाछापको माध्यमबाट बेवारिसे शवको पहिचान गरी संख्या शुन्यमा पुर्याउन समितिले निर्देशन…

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…