Logo असार ४, २०७८ शुक्रबार


‘जन्मदिनमा वृक्षरोपण अभियान’ को पहिलो स्थापना दिवस मनाइयाे

लमजुङ । ‘जन्मदिनमा वृक्षरोपण अभियान, नेपाल’ को पहिलो स्थापना दिवस तथा तेस्रो वार्षिक कार्यक्रम मनाइएकाे छ। वातावरण बचाउने अभियानका साथ शुरू गरिएकाे अभियानकाे पहिलाे स्थापना दिवस साेमबार मनाइएकाे हाे ।

बेसीशहर मनाङे चौतारा स्थित तमु आमा समूह भवनमा भएको कार्यक्रममा उपस्थित वक्ताहरुले कार्यक्रमको महत्त्वको बारेमा आआफ्नो धारणा व्यक्त गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य माननीय धनन्जय दवाडीले जन्मदिनमा वृक्षरोपण अभियानले प्रकृतिको संरक्षण वातावरण स्वच्छता र असल संस्कारलाई प्रोत्साहन गर्न अभियान महत्त्वपूर्ण हुने उल्लेख गर्नुभयो । बत्ती बालेर तथा बिरुवा रोपेर जन्मदिन मनाउने संस्कारले समाजलाई उज्यालोतिर लैजाने र एक व्यक्ति एक वृक्षरोपणले प्रकृति र वातावरण रक्षा गर्ने हुनाले यो भावि पुस्ताका लागि महत्त्वपूर्ण रहेको उहाँको भनाइ थियाे । अभियानलाई राष्ट्रव्यापी र विश्वव्यपी बनाउनका लागि सहयोग गर्न उहाँले सबैलाई अपिल पनि गर्नुभयो ।

कार्यक्रममा ‘जन्मदिनमा वृक्षरोपण अभियान’का अभियन्ता बासुदेव सेढाईँले अभियानको गतिविधिका बारेमा जानकारी गराउनुभएको थियो । अभियन्ता सेढाईँले ‘जन्मदिनमा वृक्षराेपण अभियान’ कार्यक्रम विगत तीन वर्षदेखि अनवरत सञ्चालन गरिरहनुभएकाे छ । उहाँले जन्मदिनमा सबैले वृक्षा राेपन गरी वातावरणमा स्वच्छता कायम गर्न तथा असल सामाजिक संस्कार निर्माण गर्न प्राेत्साहन गरिरहनुभएकाे छ ।

सामाजिक न्याय अभियानका अभियन्ता सुदर्शन जोशी, लमजुङ उद्योग वाणिज्य संघका द्वितीय उपाध्यक्ष गुणराज सिलुवाल, नेपाल पत्रकार महासंघ लमजुङका संस्थापक अध्यक्ष नवराज पहाडी, चिती कार्किडाँडा सेवा समाजका अध्यक्ष शिव सिलुवाल, लिस्नो साहित्यिक मञ्च लमजुङका संस्थापक अध्यक्ष बसन्त अधिकारी लगाएतले कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

जन्मदिनमा वृक्षरोपण अभियानका उपाध्यक्ष बुना रिमालले स्वागत मन्तव्य राख्नुभएको थियाे । कार्यक्रमको संचालन अभियन्ता नोर्देन तामाङले गर्नुभएको थियोे भने अध्यक्षता अभियन्ता बासुदेव सेढाईँले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडाैं । राष्ट्रिय दुग्ध विकास बोर्डले दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने लोगो वितरणलाई निरन्तरता दिएको छ…

नयाँ लगानिको व्यवसायमा प्रगति आउनेछ । आर्थिक सरसापट बढ्नाले पुरानो व्यवहार सल्टिनेछ ।

कुनै फेसबुक पेजमा अडियो पोस्ट गरेपछि त्यो फेसबुकको पेजमा फलो गर्नेहरुलाई नोटिफिकेसन पनि जाने जानकारी दिइएकाे छ ।

किष्ट अस्पतालले विज्ञप्ति निकालेर जाेशीकाे स्वास्थ्यमा सुधार भएकाले डाक्टरकाे सल्लाहमा डिस्चार्ज गरिएकाे बताएकाे छ ।

वाणीको राम्रो प्रभाव पर्नेछ । इष्टमित्र भेटघाट हनेछ । धनको सुख मिल्नेछ ।

बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको सम्भावना छ भने लुम्बिनी तथा गण्डकी प्रदेशको थोरै स्थानहरुमा…