संवैधानिक परिषदकाे बैठक : देउवा उपस्थित, सभामुख अनुपस्थित

काठमाडाैं । गणपूरक संख्या नपुगेपछि आइतबार बस्न नसकेको संवैधानिक परिषद्को आजकाे बैठकमा सभामुख अग्नीप्रसाद सापकाेटा अनुपस्थित हुनुभएकाे छ ।
विपक्षी दलका नेता शेरबहादुर देउवा भने बैठकमा उपस्थित हुनुभएकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभएकाे छ ।
आइतबार बस्ने भनिएकाे बैठकमा शेरबहादुर देउवा अनुपस्थित हुने सूचना पाएपछि बैठक स्थगित भएको थियो ।
विभिन्न संवैधानिक आयोगमा नियुक्ति सिफारिसका लागि बस्न लागेको बैठकका लागि प्रधानमन्त्रीले आवश्यक गृहकार्य र सल्लाह नगरेको भन्दै सभामुख सहभागी नहुनु भएकाे बताइएकाे छ ।
‘बैठकका लागि आवश्यक समन्वयको अभाव भयो, पूर्वतयारी पुगेन र गृहकार्य पनि गरिएन’ यस्ताे अवस्थामा सभामुखले बैठकमा उपस्थिति जनाउनुकाे अर्थ नभएकाले उपस्थित नहुने जानकारी गराउनुभएकाे सभामुखको सचिवालय स्रोतले जनाएको छ ।