Logo बैशाख २, २०७८ बिहीबार


अधिकांश पेट्रोलपम्प मापदण्ड विपरीत, ठूलो जोखिम निम्त्याउने निश्चित (भिडियोसहित)

रुपा घिमिरे
काठमाडौं । उपत्यकामा सञ्चालित अधिकांश पेट्रोलपम्प मापदण्ड विपरीत हुनुका साथै घर–संरचनासँग जोडिएका छन् । चोक तथा गल्लीमा रहेका काठमाडौंका पेट्रोलपम्पले न्यूनतम सुरक्षा मापदण्ड पालना नगर्दा यसले भविष्यमा ठूलो जोखिम निम्त्याउने निश्चित छ ।

आइतबार साँझ ललितपुरको ग्वार्कोस्थित एक पेट्रोल पम्पमा भिषण आगलागी भयो । ठूला–ठूला घरकै आँगनमा रहेको पम्पमा लागेको आगो समयमै दमकल नपुगेको भए ठूलो मानवीय र भौतिक क्षति हुने थियो तर ललितपुर दमकलले सूचना पाएको ९ मिनेटमै घटनास्थलमा पुगेर आगो निभाउँदा सम्भावित ठूलो क्षति हुन पाएन ।

उपत्यकाभित्र पम्प सञ्चालन गर्न कम्तीमा सात सय ५० वर्ग मिटर अर्थात् आठ आना जग्गा र सडकतर्फको मोहडा कम्तीमा २० मिटर हुनुपर्छ । तर उपत्यकामा सञ्चालित धेरैजसो पेट्रोल पम्पलाई यो नियमावलीले छुन सकेको छैन ।

डिजेल, पेट्रोलजस्ता इन्धन बोक्ने ट्यांकरमा लेखिएको हुन्छ, ‘अत्यधिक प्रज्ज्वलनशील ।’ अर्थात् यो एकदमै छिटो बल्न सक्छ । यस्ता इन्धनले चाँडै आगो समात्न सक्छ र आगोको नजिक परेमा चाँडै सल्किन्छ । अत्यधिक प्रज्ज्वलनशील पेट्रोलियम पदार्थ भनेपछि यसको प्रयोग र भण्डारणमा पनि विशेष सुरक्षा अपनाउनु पर्ने हो । तर काठमाडौं उपत्यकामा रहेका पेट्रोलपम्पले न्यूनतम सुरक्षा व्यवस्था नगर्दा यसले जुनुसकै बेला पनि जोखिम निम्त्याउन सक्छ ।

आइतबारको पेट्रोलपम्पमा आगजनीको घटनापछि सोमबार नेपाल आयल निगमका पदाधिकारीको बैठक बस्यो र बैठकले उपत्यकामा रहेका जोखिमयुक्त पेट्रोल पम्पलाई कसरी सुरक्षित स्थानमा स्थानान्तरण गर्न सकिन्छ अध्ययन शुरु गर्ने भएको छ । कतिपय पम्प सञ्चालक सम्पर्कमा नआएको र तिनीहरुलाई कारबाहीको दायरामा ल्याइने निगमले जनाएको छ ।

उपत्यकामा ८० देखि ९० वटा मापदण्डविपरीतका पेट्रोल पम्प रहेका छन् । अति प्रज्ज्वलनशील पदार्थ बिक्री–वितरण गर्ने स्थल मापदण्डअनुसार सञ्चालन नहुँदा यसले गम्भीर सुरक्षा खतरा बढाएको छ ।

भिडियाे:

 

प्रतिक्रिया दिनुहोस्
विशेष

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…

अधिवेशन अन्त्य भइसकेपनि नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गरेका छन्…

संसदमा पेस भएको संघीय निजामती सेवा विधेयकमा अधिकृत पदमा खुलाबाट ८० प्रतिशत र बढुवाबाट २० प्रतिशत पदपूर्ति गर्ने व्यवस्था गरिएको…

हालसम्म बाँके जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५९ पुगेको छ ।

घाइते तामाङको विएण्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ।