Logo बैशाख १, २०७८ बुधबार


‘एक वडा एक पुस्तकालय’ अभियान शुरू

बागलुङ । बरेङ गाउँगालिकाले ‘एक वडा एक पुस्तकालय’ अभियान शुरु गरेको छ । कक्षा एकदेखि पाँचसम्म सञ्चालित विद्यालयहरूमध्ये बाट एक वडामा एक प्राथमिक विद्यालयका लागि पुस्तकालय निर्माण गर्न लागिएको बताइएको छ ।

अति आवश्यक कक्षा एकदेखि पाँचसम्म सञ्चालित विद्यालयलाई पुस १२ गतेभित्र कम्तिमा २० हजार लागत बराबरको प्रस्ताव माग गरिएको शिक्षा अधिकृत सुर्यप्रसाद शर्माले बताए ।

पुस्तकालय सञ्चालनका लागि पालिकाले निर्धारण गरेको मापदण्ड पूरा गरेको विद्यालय तयार हुनु पर्नेछ । पाठ्यक्रम समयमा सक्ने र विद्यार्थीलाई पठन संस्कृतिप्रति प्रेरित गर्ने महत्वकांक्षी योजनासमेत गाउँपालिकाले बनाएको छ ।

पालिकाको सुखौरा, सल्यान, बाटाकाचौर, हुग्दिशिर र धुल्लुबास्कोट वडाभित्रका विद्यालयले पत्रमा दिइएको विभिन्न आधार र मापदण्ड पूरा गरी आवश्यक कागजातसहित प्रस्ताव पेश गर्नुपर्नेछ । प्रस्तावका आधारमा अति आवश्यक प्राथमिक विद्यालयमा पुस्तकालय निर्माण गरिने शिक्षा अधिकृत शर्माले बताए ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । विभाजनको संघारमा रहेको नेकपा (एमाले) का दुवै समूह पृथक ढंगले अघि बढिरहे पनि भित्र/भित्रै केही नेताहरु पार्टी एकढिक्का…

राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

सन्तानबाट धनको सुख पाइनेछ। व्यापारमा लाभ हुनेछ। परिश्रमको फल मिल्नेछ।

कम लागतमा धेरै फाइदा लिन सकिने हुँदा माहुरी पालन पेशा फाईदाजनक भएको खत्रीकाे भनाइ छ ।

जतिसुकै नयाँ बीमा योजना ल्याएपनि यी समस्यालाई समाधान नगरेसम्म बीमा बजारको विस्तार हुन नसक्ने उहाँकाे भनाइ थियाे ।

कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचाररत उनको आज बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले…