जंगलमा नवजात शिशुको शव

खगेन्द्र पराजुली,
नवलपुर । विजय वन क्षेत्रमा नवजात शिशुको शव भेटिएको छ । पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको मध्यबिन्दु ७ स्थित विजय सामुदायिक वन क्षेत्रमा शव फेला परेको हो ।
दुई दिन अगाडि मात्रै जन्मिएको जस्तो देखिने शिशुको शव भेटिएको स्थानीय मधुबिलास अधिकारीले बताउनुभएको छ । उहाँका अनुसार राजमार्गदेखि उत्तरतर्फको वनमा पहेलो प्लाष्टिकको झोलामा रातो सुरुवालमा बेरेर फालिएको अवस्थामा शिशुको शव भेटिएको हो । सामुदायिक वनले खटाएको वन हेरालु कर्मचारीले देखेपछि वन समूहमार्फत प्रहरीले सूचना पाएलगत्तै अहिले जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थल पुगेको छ ।
नवलपुरमा गत कार्तिक ४ गते हुप्सेकोट ४ को चुवा खोल्सा नजिकैबाट नाभी समेत नकाटिएको अवस्थाको साल–नाल सहितको नवजात शिशुको शव फेला परेको थियो । घटनामा संलग्न दुई जनालाई नवलपुर प्रहरीले पक्रन सफल भएको थियो ।