Logo बैशाख ७, २०७८ मंगलबार


जनगणनामा जातिमा ‘लिम्बू’ र धर्ममा ‘किरात’ लेख्‍न अपिल

भगीरथ भण्डारी
इलाम । किरात याक्थुङ चुम्लुङ इलामले २०७८ मा हुने राष्ट्रिय जनगणनामा जात र जातिको महलमा ‘लिम्बू’ र धर्मको महलमा ‘किरात’ लेख्न इलामबासी लिम्बू समुदायमा अपिल गरेको छ । किरात याक्थुङ चुम्लुङ जिल्ला कार्यसमिति इलामले एक विज्ञप्ती जारी गर्दै त्यस्तो अपिल गरेको हो ।

चुम्लुङका सचिव राम योङहाङद्वारा हस्ताक्षरित विज्ञप्तीमा जात र जातिको महलमा ‘लिम्बू’ , पूर्खाको भाषाको महलमा ‘लिम्बू’, मातृभाषाको महलमा ‘लिम्बू’, दोस्रो भाषाको महलमा ‘नजिकको आदिवासी जनजातिको मातृभाषा’ र धर्मको महलमा ‘किरात’ लेख्न अपिल गरेको छ ।

समानुपातिक समावेसिताको व्यवस्थालाई अधिकारसम्मत एवं प्रभावकारी रुपमा कार्यान्वयन गर्न र गराउनका लागि जनसंख्यात्मक आधार निर्माणको लागि जात र जातिको महलमा ‘लिम्बू’ लेख्न अपिल गरेको विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै मातृभाषालाई सरकारी कामकाजी भाषाको रूपमा स्थापित गर्न गराउनको लागि जनसंख्यात्मक आधार निर्माणको लागि मातृभाषाको महलमा ‘लिम्बू’ लेख्न, दोस्रो भाषाको महलमा ‘नजिकको आदिवासी जनजातिको मातृभाषा’ लेखाउन र धर्मको महलमा भने धर्म निरपेक्ष राज्य, बहुधार्मिक, समावेसी र धार्मिक स्वतन्त्रताको हकलाई कायम गर्न गराउन ठूलो घेरामा स्थापित ‘किरात’ लेख्न र लेखाउन आग्रह गरिएको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ र बाकी भूभागको मौसम आँशिक बदली रहेको महाशाखाको भनाइ छ ।

धनको सहयोग जुट्नेछ। प्रिय वस्तु मिल्नेछ। पुरानो काममा फाइदा आउनेछ।

माओवादी केन्द्रले दल त्याग गरेको सूचना दिएपछि प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभाका १३ जनाको पद रिक्त भएको छ ।

लक्ष्ण हेर्दा काेराेना संक्रमण भएकाे हुन सक्ने भएकाले कोरोना जाँचका लागि स्वाब संकलन गरी परीक्षणका लागि जिल्ला अस्पताल सिरहा पठाउने…

मृतक स्टाफ नर्स दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत हुनुहुन्थ्यो ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटसमार्फत कलाकार श्रेष्ठले आफूलगायत परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनु भएको हो ।