Logo बैशाख २, २०७८ बिहीबार


वर्तमान व्यवस्थाका कमजोरी सच्याउनुपर्छ : संविधानविद् (भिडियो)

रुपा घिमिरे
काठमाडौं । वर्तमान संविधान र व्यवस्था परिवर्तनको माग गर्दै पछिल्लो समय विभिन्न शक्ति र समूहहरु सडकमा प्रदर्शनमा छन् । यता जनताको सर्वसम्मतबाट बनाइएको संविधान र व्यवस्था परिवर्तनबारे सडकमा आएर माग गर्नुको कुनै औचित्य नभएको संविधानविद्हरुको तर्क छ ।

पछिल्लो समय वर्तमान संविधानको मूल मर्म र भावना खारेजीको माग गर्दै विभिन्न शक्ति र समूहहरु सडक प्रदर्शनमा छन् । २०६२÷६३ को आन्दोलनमा मुख्य उपलब्धि गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतामाथि अनेक भाषा प्रयोग गर्दै देशका मुख्य शहर काठमाडौं, धनगढी, जनकपुर, बुटवल, पोखरा, विराटनगर लगायतका स्थानमा फरक–फरक ब्यानरमा प्रदर्शन भइरहेका हुन् ।

संविधानविद्हरुले भने संविधानले विचारको स्वतन्त्रता दिएको भएपनि जनताको सर्वसम्मतबाट बनाइएको संविधान र व्यवस्था परिवर्तनको माग गर्दै प्रदर्शनमा आउनु औचित्यहिन माग भएको धारणा राखेका छन् ।

सरकारको कार्यक्षमता कमजोर भएका कारण अनावश्यकरुपमा सडक प्रदर्शनमा आउने शक्तिहरुलाई हौसला मिलेको र योे वातावरण बन्नुमा केही हदसम्म वर्तमान राजनीतिक दल र उनीहरुको नेतृत्वमा बस्नेहरु जिम्मेवार रहेको कानूनविदहरुको तर्क छ । यद्यपी वर्तमान व्यवस्थामा देखिएका कमीकमजोरीलाई सच्याउनुपर्ने संविधानविद्हरुको सुझाव छ ।

विभिन्न शक्ति र समूहद्वारा वर्तमान संविधानमाथि औंला उठाइरहेको बेला राजनीतिक नेतृत्व र सरकार सञ्चालन गर्नेहरुले जनताको हितमा काम गर्नेतर्फ लाग्न दबाब भने सिर्जना भएको छ ।

भिडियाे:

 

प्रतिक्रिया दिनुहोस्
विशेष

देश १ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन रचट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको…

राजनीतिमा लाभ मिल्नेछ। कामको सम्मान हुनेछ। ठुलाबडाले साथ दिनेछन्।

पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसारका लागि नेपालमा विदेशी फिल्म निर्माण गर्न दिने नीति निर्माण गर्नुपर्ने रेग्मीले बताउनुभयो ।

राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई छिट्टै सम्पन्न गरी वायोमेट्रिक प्रणाली औठाछापको माध्यमबाट बेवारिसे शवको पहिचान गरी संख्या शुन्यमा पुर्याउन समितिले निर्देशन…

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…