शुक्रबारदेखि उपत्यकामा जोर–बिजोर प्रणाली हट्ने

काठमाडौं । काठमाडौं उपत्यकाभर सवारीसाधनमा लागाइएको जोर–बिजोर प्रणाली शुक्रबारदेखि हट्ने भएको छ । उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले शुक्रबारदेखि सवारीसाधनमा लागाइएको जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो ।
साँझको समयमा सार्वजनिक सवारीसाधनमा धेरै भिड भएपछि जोर–बिजोर प्रणाली हटाउने निर्णय गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले बताउनुभयो । यातायात व्यवसायीले पनि जोर–बिजोर हटाउन माग गर्दै आएका थिए ।
काठमाडाैं उपत्यकामा लकडाउन अन्त्य भएसँगै सवारी सञ्चालनको व्यवस्थापन गर्नका लागि जोरबिजोर प्रणाली लागू गरिएको थियो ।