Logo बैशाख २, २०७८ बिहीबार


‘एकता जाेगाउन पार्टीलाई विधि, पद्धति र प्रणालीमा लैजानुपर्छ’

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का स्थायी कमिटी सदस्यहरुले आगामी स्थायी कमिटी बैठकबाट नेकपा भित्रको विवाद समाधान हुने विश्वास व्यक्त गरेका छन् । पार्टीको विवाद सचिवालयमा समाधान हुन नसकि स्थायी कमिटीमा आएको भन्दै स्थायी कमिटी सदस्यहरुको जोड पार्टी एकतालाई जोगाई विधि, पद्दति र प्रणालीमा लैजाने रहेको बताएका छन् ।

नेकपा स्थाायी कमिटी बैठक चलिरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएसँगै नेकपा भित्रको विवाद अझ उत्कर्षमा पुगेको छ । नेकपा स्थायी कमिटी सदस्य देवेन्द्रराज पौडेलले बुधबारको स्थायी कमिटी बैठकमा पनि पार्टी एकतालाई फुटबाट जोगाउँँदै एकताबद्ध बनाएर लैजाने मत नै प्रमुख रुपमा आएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सबैले पार्टी एकता जोगिनुपर्छ, पार्टीलाई विधि, पद्धति र प्रणाालीमा लैजानुपर्छ । लोकतान्त्रिक मूल्य मान्यता अनुरुप संविधानमा व्यक्त भएका प्रणालीलाई संस्थागत गरिनुपर्छ । तिनलाई कमजोर हुन दिनु हुँदैन । हामीले लेखेको संविधानलाई कहीँ कसैले कतै दुरुपयोग गर्नुहुँदैन । लोकतान्त्रिक प्रणालीलाई पार्टी भित्र र बाहिर, आम राज्यमा ठिक ढंगले लागू गर्नुपर्छ भन्ने कुरा ठीक ढंगले उठ्यो ।’
आगामी स्थायी कमिटी बैठकमा दुबै अध्यक्षले प्रस्तुत गरेको प्रतिवेदनलाई छलफल गरी आन्तरिक समस्या हल गर्दै पार्टी र सरकारको कामलाई प्रभावकारी बनाउनुपर्र्नेमा केन्द्रित हुनुपर्ने उहाँको जोड छ । ‘अध्यक्षद्वयले संंस्थागत रुपमा ल्याएको डकुमेन्ट भएकाले त्यही रुपमा ग्रहण गर्ने र त्यसलाई औपचारिक रुपमा छलफल गरी दुवैलाई सम्पतिको रुपमा ग्रहण गर्दै तेस्रो विकल्पमा पनि जान सक्छौँ । छलफल चाहिँ टुंगो लगाईने गरी हुनुपर्छ र हुन्छ ।’

स्थायी कमिटीले विवाद समाधानमा पहलकदमी लिनेतर्फ अघि बढेको उहाँको भनाइ छ । ‘सचिवालयमा समाधान हुन नसकेको विषय स्थायी कमिटीमा आएपछि हल हुने दिशातिर गयो । स्थायी कमिटी सदस्यले मेहनत गर्नुभयो । एकतालाई जोगाउनुपर्छ भनेर पहल गरेको हुँदाखेरी परिस्थिति प्रतिकुल हुनबाट रोकिएर हल हुने दिशातिर गएका छन् ।’ नेता पौडेलको भनाइ छ ।

स्थायी कमिटी सदस्य गणेश शाहले पार्टीको जारी विवादलाई अध्यक्षद्वयले मात्रै समाधान गर्न नसक्ने भन्दै स्थायी कमिटी बैठक लामो समयसम्म राखेर भएपनि समस्या समाधान गरेरै छाेड्नुपर्ने बताउनुभएको छ । फुटपरस्त गतिविधिलाई निरुत्साहित गर्नुपर्ने उहाँको भनाइ छ । नेता शाहले भन्नुभयो, ‘पार्टीलाई फुट्न दिनुहुन्न । पार्टीलाई सुदृढ बनाउनको निम्ति अध्यक्षद्वय, सचिवालय, स्थायी कमिटीका सदस्यले भुमिका खेल्नुपर्छ । यो पक्ष र त्यो पक्षमा पार्टीलाई विघटन गर्ने, फुट ल्याउने कुनैपनि गतिविधिलाई हामिले परास्त गर्नुपर्छ । पार्टी भित्रको समस्यालाई वार्ता सम्वादबाट समाधान गर्नुपर्छ । दुई अध्यक्षले मात्रै समस्याको समाधान गर्न सक्दैनन् । त्यसैले बैठकबाटै सबै समस्याको समाधान निकाल्नुपर्छ ।’

पार्टीले पहिले गरेका सबै निर्णयको इमान्दारीतापूर्वक कार्यान्वयन र छिट्टै महाधिवेशनमार्फत् पार्टी नेतृत्व चयन गर्नु नै निकास रहेको उहाँको तर्क छ । ‘निकास भनेको हामिले गरेका सहमति, समझदारी र निर्णयहरुको इमान्दारीतापुर्वक कार्यान्वयन नै हो । अन्तरपार्टी निर्देशनको निर्णय कार्यान्वयन हुन सकेको छैन । एकले मुख्य रुपमा सरकार चलाउने र अर्कोले पार्टी चलाउने साथै महत्वपूर्ण निर्णयमा अध्यक्षद्वय र सचिवालय सदस्य लगायत छलफल, सर–सल्लाह गर्ने मूल सहमति हो । अब पार्टीको विशेष महाधिवेशन गरेर निर्वाचनमार्फत् नै पार्टीको नेतृत्व चयन गर्ने दिशातर्फ अघि बढ्नुपर्छ । विधान अनुरुप नेतृत्वको निर्माण गर्नुपर्छ । नेता शाहको भनाइ छ ।’

नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले बुधबारको स्थायी कमिटी बैठकमा पार्टीका अध्यक्षद्वयले प्रस्तुत गरेको प्रतिवेदनमा छलफल गर्ने तयारी रहेपनि अचानक अध्यादेश प्रकरण आएकोले छलफल विषयान्तर भएको बताउनुभयो । प्रतिवेदन माथि छलफल गरिने र आगामी बैठक पछि निचोड निकाल्ने उहाँको भनाइ छ ।

प्रधानमन्त्री छलफल र बैठकबाट भागेको भन्दै शाक्यले भन्नुभयो, ‘उहाँले जे जे भन्नुभएको भएपनि प्रतिवेदन माथि छलफल चल्नैपर्छ । पार्टी विधि र विचार शुन्य भएको छ । निष्कर्षमा पुर्याउनुपर्छ । प्रधानमन्त्री ओली छलफलबाट भाग्न पाउनुहुन्न ।’ आगामी स्थायी कमिटी बैठकपछि पार्टी विवाद समाधानको निष्कर्षमा पुग्ने र केन्द्रीय कमिटीमा लैजाने नेता शाक्यको भनाइ छ । नेकपाले स्थायी कमिटी बैठक पौष ५ गते र केन्द्रीय कमिटी बैठक पौष १० गते बोलाएको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष

देश १ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन रचट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको…

राजनीतिमा लाभ मिल्नेछ। कामको सम्मान हुनेछ। ठुलाबडाले साथ दिनेछन्।

पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसारका लागि नेपालमा विदेशी फिल्म निर्माण गर्न दिने नीति निर्माण गर्नुपर्ने रेग्मीले बताउनुभयो ।

राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई छिट्टै सम्पन्न गरी वायोमेट्रिक प्रणाली औठाछापको माध्यमबाट बेवारिसे शवको पहिचान गरी संख्या शुन्यमा पुर्याउन समितिले निर्देशन…

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…