Logo बैशाख ५, २०७८ आइतबार


बेलायतकी ९ वर्षीया बालिका एदा, जसको मृत्युले विश्वलाई नै पाठ सिकायो

एजेन्सी । बेलायतको उच्च अदालतले एला नामक एक बालिकाको मृत्युमा वायु प्रदुषण मुख्य जिम्मेवार रहेको बताएको छ । दुनियाँमा पहिलोपटक अदालतले यस्तो निष्कर्ष निकालेको हो ।

बालिकाको मृत्युको समीक्षा गर्दै आएका सहायक समीक्षक फिलिप बारलोका अनुसार एलाको मृत्युमा वायु प्रदुषण मुख्य जिम्मेवार पाइएको हो । दक्षिणपूर्वी लण्डन निवासी ९ वर्षीया एलाको सन् २०१३ मा मृत्यु भएको थियो । दम र हृदय रोगबाट पीडित बालिका एलाको मृत्यु भने घर वरिपरिको वायु प्रदुषणका कारण भएको अदालतको भनाइ छ । एलाको घर लण्डनको व्यस्त सडकको बीचमा रहेको थियो । फिलिप बारलोका अनुसार एलाकी आमाले दम र वायु प्रदुषणका बारेमा कुनै जानकारी गराइएको थिएन । जसबाट उनलाई बचाउन सकिन्थ्यो । वायु प्रदुषणले एलाको दम रोगको असरलाई अझ बढाएको अदालतको निचोड छ ।

अदालतको फैसलाले आफ्नी स्वर्गीय छोरीले न्याय पाएको एलाकी आमा रोजामण्ड किस्सी डेबराहले बताइन् । उनी भन्छिन्, ‘हामीले न्याय पाएका छौं । यस्तो न्याय हाम्री छोरीले पाउनुपथ्र्यो । वायु प्रदुषणको खतरा व्यस्त शहरका अन्य बच्चाहरुलाई समेत छ ।’

उनले थपिन्, ‘मेरी छोरीको मृत्युले सरकारलाई स्वच्छ वायु नीति र ऐन लाउन बाध्य पार्नेछ । यो बेलायतका लागि मात्र नभई सिंगो विश्वकै सरकारहरुका लागि बलियो पाठको रुपमा रहनेछ ।’

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । वर्तमान सरकारमा सहभागि हुने या नयाँ गठबन्धन निर्माण गरी अघि बढ्ने भन्ने दोधारमा रहेको जनता समाजवादी पार्टी (जसपा)…

हाल देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीको अबस्था रहेको महाशाखाको भनाइ छ।

बोली वचनले साथ दिनेछ। आफन्त भेटघाट हुनेछ। धनको कारोबार बढ्नेछ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापामा एमालेकै वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपालसमूहले पार्टी पुनर्गठन गरेको…

३ वटा सुरुङहरु निर्माण गर्नुपर्ने भएकाले नेपालको सन्दर्भमा नयाँ काम चुनौतिपूर्ण छ ।

तनहूँ जिल्लाको नाम तनहूँसुरबाट अप्रभंश भएर रहेको भन्ने किंवदन्ती छ ।