६ करोड लगानीमा कालिज पालनसहित रिसोर्ट

फाइल तस्बिर
कास्की । पोखरामा सात जनाको एक समुहले कालिज पालनसहित रिसोर्टमा लगानी गरेका छन् ।
तुलसी कुञ्ज इको एण्ड वाइल्ड भिलेज प्रालिको नामबाट वेल्जियममा रहेका ३, एक निजामती कर्मचारीसहित सात जनाको लगानीमा दुई ठाँउमा कालिज पालन सुरु गरेसँगै रिसोर्टमा समेत लगानी भएको सञ्चालक मध्येका एक ध्रुबबहादुर थापाले बताए ।
पोखरा १८ को फेवाताल नजिक पखौपीस्थित रातमाटेमा विगत दुई वर्षदेखि कालिज पालन व्यवसाय सुरु गरेका उनीहरुले लकडाउनकै समयमा भकुण्डेमा थप २५ रोपनी क्षेत्रफलमा पुन: अर्को कालिज फार्म सुरु गरेका नागरिकमा प्रकाशित छ ।