Logo फाल्गुन १४, २०७७ शुक्रबार


विवाह गर्न चाहनेका लागि आज बोनस साइत

काठमाडौं । यस वर्ष मलमास र शुक्रास्तका कारण विवाहका लगन तथा साइतहरु थोरै मात्र रहे । मलमास र शुक्रास्तका कारण यस वर्ष अबको चार महिना विवाहको कुनै पनि साइत छैनन् ।

मंसिरसम्म मात्र विवाहको लगन थियो । विगतका वर्षमा जस्तो यस वर्ष माघ र फागुनमा कुनै पनि शुभकार्य अर्थात विवाह पनि गर्न नपाइने भएको छ । तर मंसिरमा विवाह गर्न छुटेका र विवाह गर्न चाहने जोडीका लागि आज बोनस साइत परेको छ ।

आज मंसिर शुक्ल पञ्चमी, त्रेता यूगमा आजकै दिन अयोध्याका राजकुमार राम र मिथिला राज्यको राजधानी जनकपुरधामकी राजकुमारी सीताको वैदिक सनातन संस्कृति अनुसार आर्दश जोडीका रूपमा विवाह भएको तिथि मानिन्छ। आज विवाह पञ्चमीका दिन विवाह गर्दा साइत हेर्नु नपर्ने पौराणिक मान्यता छ।

यसै मान्यता अनुसार यस वर्ष वैशाख नलागेसम्म विवाह गर्न नपाइने भएर दुःखी भएका जोडीका लागि भने आज बोनस साइत वा लगन बनेको छ ।

मर्यादा पुरुषोत्तम श्रीराम र सीताको विवाह भएको दिन भएकाले आजको तिथिमा विवाह गर्दा पुण्य प्राप्त हुने र दाम्पत्य जीवन सफल हुने धार्मीक शास्त्रहरुमा बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नामको विवादमा परेको मुद्दामा सर्वोच्च अदालतले अर्को साता फैसला गर्ने भएको छ । न्यायाधीशद्वय…

म्याग्दी । बेनी नगरपालिका–४ फापरखेतमा बिहिबार राती भएको जिप दुर्घटनामा १ जनाको भएको छ भने ४ जना घाइते भएका छन्…

हाल देशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागहरूमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

व्यक्तिगत काममा अलमल हुनेछ । साथीभाइसित रमाइलो यात्रा हुनेछ । पारिवारिक काम बन्नेछ ।

पूर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संविधान निर्माणमा समान रुपले सम्बोधन नभएको बताउनुभएको छ ।

पर्यटकीय सम्पदा वस्ती वुङमतीलाई साइकल रुट बनाउने, वुङमतीको काष्ठकला र हस्तकलालाई विश्वव्यापीरुपमा चिनाउन र सम्पदा बस्ती संरक्षणमा स्थानीय सरकारसँगै परियोजना…