फिलिपिन्समा शक्तिशाली भूकम्प

काठमाडौं । फिलिपिन्समा शक्तिशाली भूकम्पको झड्का महसुस गरिएको छ । शुक्रबार बिहान मनिलामा ५ बजेर १३ मिनेटमा झट्का महसुस गरिएको हो ।
गएकाे भूकम्प ६ दशमलब ३ म्याग्निच्युटको रहेको फिलिपिन्सको नेशनल सेन्टर फर सिस्मोलेजीले पुष्टि गरेकाे छ ।
भूकम्पबाट फिलिपिन्सको राजधानी मनिलाका भवनहरु निकै हल्लिएका र क्रिसमसका लागि भेला भएका मानिसहरु आत्तिएर सडकमा पुगेका थिए । तर भूकम्पबाट कुनै क्षति भएको विवरण प्राप्त भइनसकेको प्रहरीले जनाएको छ ।