Logo फाल्गुन १८, २०७७ मंगलबार


बेरोजगार बढेपछि युवाविहीन हुँदै सुदूरपश्चिमका गाउँघर

आशिष बहादुर सिंह
धनगढी । दशैतिहारलगायत चाडपर्वका बेलामा बाक्लिदै गएको सुदुरपश्चिमका गाउँवस्तीको चहलपहल यतिबेला घट्दै गएको छ । चाडपर्व मनाउन जिल्ला बाहिर तथा विदेशबाट घर आएका स्थानीयवासी विस्तारै आफ्नो काममा फर्किन थालेसँगै गाउँवस्ती सुनसान बनेका हुन् ।

युवाहरु फर्किन थालेसँगै ग्रामीण बस्तीमा चहलपहल हुन छोडेको बाजुराका गोरख शाहीले बताए । उनले भने, परदेश गएका चाडबाडमा घर आएका कारण गाउँमा रमाइलो थियो, अहिले उनीहरु फर्किन थालेपछि यहाँका गाउँघर प्रायः सुनसान हुन थालेका छन् ।’

गाउँमा सबैै युवा बेरोजगार हुन थालेपछी गाउँघर छोडेर पर्देशी जीवन बिताउँन बाध्य भएको बझाङका ज्ञानेन्द्र सिंहले भने भारतमा काम गर्न लागेको करिब १३ बर्ष भयो भारतमा नआएर हाम्रा छोराछोरीको गास बाँस कपास जोहो गर्न निकै धौधौ भएका कारण जीवन भारतमै बिताउँनु परेको उनले बताए ।

उनी त सुदूरपश्चिमका लागि एक पात्र मात्र हुन उनीजस्ता हजारौ युवाको समस्या उस्तै छ । दैनिक दिन १ हजार देखी १५ सय सम्म  गौरी फन्टा नाका बाट मात्र बाहिरिने गरेको सिमा त्रिनगर नाका गौरीफन्टाका प्रहरी शसस्त्र बलका प्रहरी नायक निरक्षक पुप्पराज शर्मा बताउछन्।

सुदूरपश्चिमकाका पहाडी जिल्ला बझाङ, बाजुरा , अछाम डोटी , डडेलधुरा , दार्जुला , कैलालीमा मुख्य नाकाको रूपमा रहेको गौरीफन्टा ,झुलाघाट ,बनमास ,लगायतका मुख्य नाका बाट दैनिक बसमा सिट खाली नहुनेगरी भारत जानेको संख्यामा बढिरहेको यातायातका इञ्चार्ज जिवन खड्काले बताए ।

दैनिक जिल्ला बाहिर फर्किनेका कारण यातयातका साधन भरिभराउ हुन थालेका छन्, हामीसँग पर्याप्त सवारीसाधन नहुँदा समस्या हुँदै आएको छ। जिल्ला बाहिर फर्किनेको संख्या बढी हुन थालेपछि अहिले पहाडी जिल्ला बाट बाहिरी जिल्लाका लागि गाडी पाउन सकस हुने गरेको यात्रु बताउँछन् ।

दशैं र तिहारमा रमाइलो रहेका सुदूरपश्चिमका डडेल्धुरा, अछाम, बझाङ, बैतडी, दार्चुला, बाजुरा र डोटीका गाउँघरमा विस्तारै रौनक हराउन थालेको दिपायलका स्थानीय तथा सुदूरपश्चिम बस व्यवसायी समिति डोटीका प्रमुख पन्तले बताए । उनले भने, ‘घर फर्किएका स्थानीय गाउँ छोड्न थालेका छन्, यहाँका गाँउमा बालबालिका र वृद्धवृद्धामात्र हुने भए ।’

यहाँका गाउँघरमा पढ्न बजार छिरेका तथा रोजगारीका लागि जिल्ला बाहिर गएका स्थानीय प्रायः वर्षको एक पटक दशैं तिहारको बेला मात्रै गाउँघर आउने गर्छन् । अहिले भने यहाँका सदरमुकामका पसल, कार्यालय तथा सार्वजनिक स्थानमा एकाएक चहलपहल बढेको होटेल व्यवसायी संघका अध्यक्ष दीपकबहादुर खड्काले बताए । उनले भने ’चाडबाड र जात्राले केही हप्ता यहाँका सदरमुकाम सुनसान थिए अहिले गाउँघर गएका शहर फर्किन थालेपछि धनगढीमा बजारमा चहलपहल बढेको छ ।’

 

प्रतिक्रिया दिनुहोस्
विशेष

नरेश न्यौपाने/टिप्पणी काठमाडौं । हुन त राजनीतिलाई विचित्रको खेल त्यसै कहाँ भनिएको हो र ? बेला बेला राजनीतिकर्मीहरुले गर्ने व्यक्तिगत…

हाल प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही अन्य पहाडी भूभागहरुमा आंशिक बदली रहेको महाशाखाको भनाइ छ।

खानपिनमा खर्च हुनेछ। पूरानो धन जम्मा हुनेछ। बाेलीले साथ दिनेछ।

मन्त्री गुरुङले प्रधानमन्त्री ओली नैतिकताको हिसाबले पनि राजीनामा गरेर भाग्न नपाउने तर्क गर्नुभयो ।

मन्त्रिपरिषदले गरेको सिफारिस अनुसार राष्ट्रपति भण्डारीले २३ गते आइतबार ४ बजेका लागि प्रतिनिधिसभाको बैठक आह्वान गर्नुभएको छ ।

आफू हरेक परिस्थितिको सामना गर्न पूर्ण रुपमा तयार रहेको तथा आफ्नो स्वभाव, आचरण पूर्ण लोकतान्त्रिक भएको उहाँकाे दाबी छ।