गौरीशंकर जन्मिदा मान्छे भएर जन्मेका थिएनन्, थारु भएर जन्मेका थिए । उनका बा आमा देशका जनता थिएनन्, साहु महाजनका कमैया थिए । देशको नागरिक बन्न गौरीशंकरहरुले निकै लामो समय र परिस्थितिका थुप्रै उतारचढावहरु झेल्नु प-यो । बिहान बेलुकाको खाना खान र उठ्न, बस्नसमेत साहु महाजनको अनुमति लिनुपर्ने समाजमा जन्मेहुर्केका गौरीशंकर आज देशको शासनसत्ताको महत्वपूर्ण संयन्त्रको नेतृत्व सम्हाल्नुपर्दा आफ्नो बारेमा आफै निर्णय गर्न सक्षम बने ।
कैलाली क्षेत्र नम्बर ३ बाट निर्वाचित नेकपाका नेता गौरीशंकर थारु पुष १० गते शुक्रबार दिउँसो माइतीघर मण्डलामा थिए । उनी प्रचण्ड नेपाल समुहको विरोध आन्दोलनमा सहभागी थिए । उनलाई कसैको फोन आयो । कुरा सकिएलगत्तै उनले मोबाइल खल्तीमा राखे र पिसाब फेर्ने बहानामा भीडबाट निस्किए । साँझ अचानक उनी मन्त्री बनेको खबर मिडियामा आयो । मन्त्री बन्नु चार दिन अघि मात्रै उनी आफ्नो गृहक्षेत्र पुगेका थिए । त्यहाँ पनि उनले स्थनीय स्तरका नेता कार्यकर्ताहरुलाई प्रधानमन्त्री ओलीको कदम विरुद्ध कडारुपमा प्रस्तुत हुन प्रशिक्षित गरेका थिए ।गौरीशंकर थारुले आकष्मिक रुपमा गरेको अनपेक्षित निर्णय सही या गलत के थियो, त्यो विश्लेषणको फरकै पाटो रह्यो । यहाँ महत्वपूर्ण कुरा के छ भने अति संवेदनशील समयमा अति जोखिमपूर्ण विषयमा थारुले आफ्ना बारेमा आफै निर्णय गर्ने हिम्मत गरे । र गौरीशंकर जन्मिदा मान्छे भएर जन्मेका थिएनन्, थारु भएर जन्मेका थिए । उनका बाआमा देशका जनता थिएनन्, साहु महाजनका कमैया थिए । देशको नागरिक बन्न गौरीशंकरहरुले निकै लामो समय र परिस्थितिका थुप्रै उतारचढावहरु झेल्नुपर्यो । बिहान बेलुकाको खाना खान र उठ्न, बस्नसमेत साहु महाजनको अनुमति लिनुपर्ने समाजमा जन्मेहुर्केका गौरीशंकर आज देशको शासनसत्ताको महत्वपूर्ण संयन्त्रको नेतृत्व सम्हाल्नुपर्दा आफ्नो बारेमा आफै निर्णय गर्न सक्षम बने । महत्वपूर्ण कुरा के छ भने उनको यो आत्मविश्वास प्रचण्डका अभियानहरुको वर्षौको शिक्षण प्रशिक्षण र उत्प्रेरणाबाट मात्र तयार भएको हो । यसरी हेर्दा गौरीशंकरको जीवनमा यति विघ्न परिवर्तन र सुधार ल्याउन उनी आफुबाहेक प्रचण्डको भन्दा बढी योगदान कस्को होला र ? आज र भोली गौरीशंकरहरु जहाँकहीं पुगुन्, तर उनका जीवनमा यति विधि सुधार ल्याउन अहम् भूमिका खेल्ने प्रचण्ड कसरी खराब हुन सक्छन् ?२०५९ सालको चीसो याममा गाउँतिर जनयुद्धको गर्मी बढिरहेको थियो । त्यही गर्मीमा पहिलो पटक पंक्तिकारलाई क्रान्तीमा सहभागी हुने रहर जागेको हो । दुर्गम बस्तीमा जन्मे हुर्केको पन्ध्र वर्षे एक ठिटोलाई ऊ वेला देश, काल, परिस्थिति र दर्शन तथा सिद्धान्तका यावत कुरा थाहा थिएनन् । यत्ति थाहा थियो कि आफु बसेको समाजमा चरम गरिबी, वेरोजगारी र भयानक असमानता छ । विकासको नियमित प्रक्रियाले मात्रै त्यसको अन्त्य हुने छैन । त्यसका लागि संघर्षको आवश्यकता छ । त्यो आवश्यकता जनयुद्धले पुरा गर्न सक्छ । यही सोचले केही वर्ष आँशिक रुपमा त्यसका गतिविधिमा सहभागी भइयो ।स्नातक अध्ययन पुरा भएपछि पूर्णकालिन राजनीतिमा सहभागी भएर सामाजिक सुधारमा अघि बढ्ने रहर पलायो । तर करिब एक दशकको अन्तरालमा धेरै थोक परिवर्तन भइसकेको थियो । युद्धरत माओवादी खुला राजनीतिमा आएर पनि संसदको सबैभन्दा ठूलो शक्ति बनिसकेको थियो । दु:खद् कुरा के थियो भने नेता, कार्यकर्ताहरु जनयुद्ध अवधिका जस्ता थिएनन् । उनीहरु नव सम्भ्रान्तको रुपमा विकसित हुँदै थिए । जनयुद्धका नायक प्रचण्ड नयाँ महाराजाको शैलीमा अघि बढिरहेका थिए । आफ्ना व्यक्तिगत स्वार्थ र महत्वाकांक्षाका लागि उनी जहाँ जोसँग पनि जस्तोसुकै सम्झौता गर्न उद्यत देखिन्थे । आफ्ना वरिपरि घुमिरहने, सेवा चाकरी गर्ने र कमिसनका पोका पुन्तरा चढाउने बाहेक अरुलाई उनले गन्दै गन्दैनथे । फरक मत र फरक विचार राख्ने आफ्नै सहकर्मीलाई पनि उनले पाखा लगाइरहेका थिए । उनले गाऊँ तहसम्मै आफूजस्तै कार्यकर्ता तयार पारेका थिए । उनीहरुलाई कार्यकर्ता होइन दास भन्न सुहाउँथ्यो ।जसरी प्रचण्डकाे आफ्नो वरिपरी पहिलो तहका दासहरुको घेरा तयार थियाे, त्यसरी नै उनीहरुले दोस्रो तहका आफ्ना दास तयार गरेका थिए । त्यसरी नै तल्ला-तल्ला तहमा स्तरअनुसारका दास तयार भए । थोरै संख्यामा मात्रै इमान्दार कार्यकर्ता त थिए, तर उनीहरुको अस्तित्व महत्ताहीन थियो । दासजस्ता मानिसबाहेक अरुको कुनै महत्ता थिएन, त्यहाँ । उनीहरु समाजका तल्लो तहका जनतासँग क्रमशः टाढा हुँदै गइरहेका थिए । बरु दलाल, विचौलिया, ठेकेदार, कमिसन खोरसँग नजिक हुँदै गइरहेका थिए । समग्रमा भन्नुपर्दा जनयुद्धको लक्ष र आधारभूत मान्यताबाट उनीहरु निकै टाढा पुगिसकेका थिए । नि:स्वार्थ र इमान्दार भएर समाज र जीवनस्तर सुधारका लागि राजनीतिमा लाग्नु भनेको केवल जीवन बर्वाद गर्नु मात्र थियो । राजनीतिमा स्थापित हुन उही दास र ठेकेदार शैलीमा हिंड्न सक्नुपर्थ्याे । यिनै परिदृष्यहरु देखेरे पूर्णकालिन राजनीतिमा होमिने रहर त्यसै-त्यसै मुर्झाएर गयो ।खुला राजनीतिमा आएपछि प्रचण्डले ध्यान नदिँदा पार्टी संगठनमा स्थापित भएका विधि, प्रवृत्ति र नेता/कार्यकर्ता आज पनि जस्ताका त्यस्तै छन् । त्यसैको एक उदाहरण हुन, गौरीशंकर थारु । थारुले दस करोड ठगी गरेको आरोप सहितको मुद्दा कैलाली जिल्ला अदालतमा चलिरहेको छ । हल्ला छ की यही मुद्दा व्यवस्थापन गरिदिने शर्तमा उनी मन्त्री बनाइएका हुन् । यसबाट सहजै बुझ्न सकिन्छ कि, थारुले आफ्नो व्यक्तिगत स्वार्थका कारण दुई घण्टा अघिसम्म अँगालेको बाटो चटक्कै बिर्सेर नयाँ सम्झौता गरे । तर यो प्रवृृत्ति प्रचण्डकै गोडमेलबाट उब्जिएकोमा शंका छैन । विगतमा प्रचण्डले पनि आफ्ना निहित स्वार्थ पुरा गर्न नीति, सिद्धान्त र दर्शनलाई बेवास्ता गरेर अनेक खाले सम्झौता गरेकाे भनिन्छ । उनका कार्यकर्ताले पनि उनबाट यो प्रवृत्ति ‘अच्छा’ तरिकाले सिकेका छन् ।यहाँ गौरीशंकरलाई एक पात्रको रुपमा हैन, एक प्रवृत्तीको रुपमा प्रस्तुत गर्न खोजिएको हो, र त्यो प्रवृत्तिको निर्माणमा प्रचण्ड स्वयंकाे भूमिका छ । उनले निरूपण गर्न नसकेकाे वा नखाेजेकाे प्रवृत्ति हाे याे ।
कुनै व्यक्ति हरेक साँझ अत्यधिक मदिरा सेवन गर्छ र घरमा झगडा गर्छ तर समाज निर्माणका हरेक कार्यहरुमा दत्तचित्त भएर लाग्छ । अर्को कुनै व्यक्ती धुम्रपान, मध्यपान केही गर्दैन हरेक साँझ पूजाआजा गरेर मात्र खाना खान्छ तर कुनै पनि सामाजिक कर्महरुमा सहभागी हुँदैन, मौका परे थिचोमिचो गरिहाल्छ । तुलना गरौं, कुन व्यक्ति असल र कुन खराब !
कुनै एक व्यक्ति सधैँ सबै सन्दर्भमा असल मात्र या खराब मात्र हुन सक्तैन । हरेकको जीवनका केही असल र केही खराव पाटाहरु हुने गर्छन् । व्यक्तिका असल गुणहरुले समाजमा कति प्रभाव पा-यो र खराब गुणले कति प्रभाव पार्यो भन्ने कुरा बढी महत्वपूर्ण र आम सरोकारको विषय हो । कुनै व्यक्ति हरेक साँझ अत्यधिक मदिरा सेवन गर्छ र घरमा झगडा गर्छ तर समाज निर्माणका हरेक कार्यहरुमा दत्तचित्त भएर लाग्छ । अर्को कुनै व्यक्ती धुम्रपान, मध्यपान केही गर्दैन हरेक साँझ पूजाआजा गरेर मात्र खाना खान्छ तर कुनै पनि सामाजिक कर्महरुमा सहभागी हुँदैन, मौका परे थिचोमिचो गरिहाल्छ । तुलना गरौं, कुन व्यक्ति असल र कुन खराब !विगत अढाई दशकको नेपाली राजनीतिमा सर्वाधिक चर्चामा रहेका पात्र हुन् – प्रचण्ड । सामाजिक रुपान्तरणको अभियान, सत्ता सञ्चालनको प्रत्यक्ष, अप्रत्यक्ष जिम्मेवारी, राजनीतिक विग्रह र व्यवस्थापन, दर्शन-सिद्धान्त तथा व्यवहारका उतारचढाव जस्ता विषयमा पनि उनी अग्रस्थानमा नै देखिन्छन् । उनका कर्मले जनतामा कहिले अथाह आशा छाउने गरेको छ भने कहिले भयानक निराशा पनि। देशमा पछिल्लो पटकको परिस्थिति निर्माणमा उनी पनि जिम्मेवार छन् । उनै प्रचण्डको व्यक्तित्वका केही सकारात्मक र नकारात्मक पाटाहरुको विश्लेषण गर्ने प्रयास पनि हाे याे आलेख ।कल्पना गरौं, २०५२ साल अघिको समाज कस्तो थियो ? समाजमा आधा संख्या मात्रै जनता थिए । बाँकी आधा त दलित, थारु, जनजाति, कमैया, कमलरी, हली आदि थिए । उनीहरुका बाँच्ने शैली कति दयनीय थिए ? समाजमा उनीहरुको स्थान कस्तो थियो ? राज्यका थोरै मात्र व्यक्तिसँग शासन सत्ताको अधिकार थियो । बाँकी तिनका रैतीहरु थिए । थोरै मात्र व्यक्तिसँग सयौं एकड जमिन थियो । बाँकी तिनका बँधुवा मजदुर र कमैया थिए । थोरै मात्र व्यक्तिका मठमन्दिरहरु थिए, बाँकीले तिनका डिलमा बसेर दमाहा बजाउने, सहनाई फुक्ने या जुठोपिठो सफाई गर्नुपर्थ्याे । थोरै मात्र व्यक्तिका हातमा गुठी र प्रतिष्ठान थिए । बाँकी अरुले तिनका सभा समारोहमा उभिएर जय जयकार गर्नुपर्थ्याे । कुनै एक मान्छेलाई छोएकै कारण अर्को एक मान्छे अशुद्ध हुने र सुनपानी छर्केर शुद्ध गरिन्थ्यो । बजारमा पैसा तिरेर पनि मालसामान किन्न पाउने अधिकार थिएन । समाजको एक वर्ग सदा शीर निहुराएर हिंड्थ्यो भने अर्को एक वर्ग तिनका शीरमा टेकेर हिँड्थ्यो । राज्य सञ्चालनका निकायहरुमा महिला र निम्न वर्गको उपस्थिति दयनीय थियो । देशको सुरक्षा संयन्त्रमा महिलाको उपस्थिति कल्पना भन्दा परको कुरा थियो ।
कुनै एक मान्छेलाई छोएकै कारण अर्को एक मान्छे अशुद्ध हुने र सुनपानी छर्केर शुद्ध गरिन्थ्यो । बजारमा पैसा तिरेर पनि मालसामान किन्न पाउने अधिकार थिएन । समाजको एक वर्ग सदा शीर निहुराएर हिंड्थ्यो भने अर्को एक वर्ग तिनका शीरमा टेकेर हिँड्थ्यो । राज्य सञ्चालनका निकायहरुमा महिला र निम्न वर्गको उपस्थिति दयनीय थियो । देशको सुरक्षा संयन्त्रमा महिलाको उपस्थिति कल्पनाभन्दा परको कुरा थियो ।
तर आज समय धेरै परिवर्तन भइसकेको छ । तराईका भैँसीपालक कृषको छोरा राष्ट्र प्रमुखको आसनमा पुगिसक्यो । यसले तमाम आदिवासी जनजाती, पिछडा वर्गका छोराछोरी पनि राष्ट्र प्रमुख बन्ने सपना देख्न सक्ने भएका छन् । गणतन्त्रको आवाज उठाउँदा हत्या गरिएका नेता मदन भण्डारीकी पत्नी गणतन्त्र नेपालको पहिलो महिला राष्ट्रपति बनेकी छिन । जुन स्थापित व्यवस्थाले उनलाई यो स्थानमा पुर्यायो, प्रचण्डले नेतृत्व गरेको संघर्षको एक उपलब्धी त्यो पनि हो । प्रचण्डका अत्यन्त निकटका पात्र मानिएका केपी ओलीको निगाहमा विद्या भण्डारी राष्ट्रपति बनेको चर्चा सामाजिक सञ्जालमा हेर्न पाइन्छ । तर उनै ओली सशस्त्र जनयुद्धको मात्र हाेइन, बयलगाढामा चढेर अमेरिका नपुगिने भन्दै गणतन्त्रको आन्दोलनको समेत खिल्ली उडाइरहेका थिए । आफ्नो कुनै चाहना नभएको र सहभागिता नभएको तर जनताको अथाह संघर्ष र बलिदानीबाट स्थपित भइसकेको गण्तन्त्रलाई सकेसम्म अझै पनि नष्ट पार्ने ओलीको भित्री मनसाय उनका गतिविधिबाट देखिन्छ ।जिम्मेवारीमा पुगिसकेपछि व्यक्तिले कस्तो इमान्दारिता र नैतिकता देखाउँछ, त्यो फरकै कुरा, तर यो व्यवस्थाको उपयोग गरेर शासन सत्ताको उच्चतम स्थानमा देशको जुनसुकै नागरिक पुग्न सक्छ, या पुग्न पाउने समान हक सबैलाई छ भन्ने कुरा स्थापित भएको छ । जुन व्यवस्थाकाे नेता हुन्, प्रचण्ड ।कतिपय मान्छे तर्क गर्छन् – 'गणतन्त्र माओवादी संघर्षको कारण आएको होइन, सात दलको जनआन्दोलनको कारण मात्र आएको हो ।' यो राजनीतिक साख जोगाउने तर्क मात्रै हो । कल्पना गरौँ, प्रजातन्त्रका लौह स्तम्भ मानिएका गणेशमान र आफ्नै सहोदर दाजुसमेत रहेका जननेता मानिएका विपी कोइरालालाई समेत नमानेका अहमतावादी नेता गिरिजाप्रसाद कोइराला कुन कारणले प्रचण्डसँग सहकार्य गर्न पुगे ? प्रचण्डको संघर्षको अभियानमा कुनै शक्ति नहुँदो हो त कोइराला उनीसँग सहकार्यको हात बढाउन भारतका शहरमा उनलाई खोज्दै पुग्ने थिएनन् । तत्कालिन नेपाली कांग्रेस, एमाले लगायत दलका नेताहरु माओवादी आन्दोलनको आडभरोसा विना राजासँग संघर्ष गर्ने हिम्मत गर्ने थिएनन् । राज्यशक्ति राजाको हातमा थियो भने त्यसको वैकल्पिक शक्ति तत्कालिन माओवादीसँग थियो । राजाबाट त्रसित भएका तत्कालिन सात दल माओवादी शक्तिको धेरै आडभरोसा मानेरै ऊसँग सहकार्य गर्न पुगेका हुन । त्यो सहकार्यको सबैभन्दा सकारात्मक पक्ष के थियो भने खुल्न नसकेका र बोल्न डराएका आम जनता समेत खुलेर सडकमा आए र व्यवस्था विरुद्ध साझा आवाज उठाए । जसले आजको परिवर्तनलाई छिटो स्थापित गर्यो । प्रचण्डले आफ्नो संघर्षका दौरान उठाएका शासन व्यवस्था सम्बन्धी सबै मुद्दाहरु स्थापित गरेरै छोडेका छन् । बाँकी रहेको एक महत्वपूर्ण काम हो सबै सक्षम जनताका लागि देशभित्रै सुरक्षित र भरपर्दो रोजगारी स्थापना । यही काम पुरा नभएका कारण प्रचण्डको अभियान अधुरो सावित भएको छ । यो पुरा हुन सक्यो भने बाँकी धेरै कुरामा सुधार हुनेछ ।पुरानो सत्ताका उच्च मध्यम वर्गीय तथा आजका नवसम्भ्रान्तहरु प्रचण्डका कारण सत्र हजार नेपालीले ज्यान गुमाउनु परेको कथन बारम्बार उच्चारण गरिरहेका छन् । उनीहरुका नजरमा त्यो साँचो देखिएला, देखिने नै भयो । तर जुन व्यवस्थाका विरुद्ध प्रचण्डको नेतृत्वमा संघर्ष चल्यो त्यो व्यवस्थाका कारण मारिएकाहरुको तथ्यांक उनीहरुले राखेका छन् ? कति कमैयाहरु साहु महाजनका पयरले कुल्चिएर मारिए ? कति कमलरीहरु बलात्कृत भएर मारिए ? कति दलितहरु कथित उपल्लो जातका व्यक्तिहरुबाट पानी छोएको र मन्दिर टेकेको निहुँमा मारिए ? कति कति मगर, गुरुङ्ग मजदुरहरु दलाल र ठेकेदारहरुबाट मारिए ? निम्न वर्गीय मान्छेहरु शताव्दियौंदेखि शोषित, अपहेलित र अपमानित भएर बाँचे ? यसको हिसाब आजका सम्भ्रान्तहरुले राखेका छन् ? जनयुद्ध हुन्थेन भने समाजभित्रै टोल छिमेक भित्रै यस्ता हत्या, बलात्कार थिचोमिचोको संख्या आजसम्म कति पुग्थे होलान् ?केहीले देशको मुर्दाशान्ति र विभेद सहितको सामाजिक साहिष्णुताको पनि वकालत गर्दै आएका छन् । उनीहरुको हास्यास्पद तर्क छ – ऊ बेला समाजमा सबै मिलेर बसेका थिए, प्रचण्डले सामाजिक एकता खल्बल्याए । उच्च वर्गसँग योभन्दा भरपर्दो तर्क नै के हुन्छ र ? यथार्थ के हो भने ऊ बेला सबै मिलेर बसेका थिएनन्, एक वर्ग सामाजिक अग्राधिकारसहित शोषण दमनमा व्यस्त थियो भने अर्को वर्ग त्रसित र भयभित भएर सबै कुरा सहेर बसेको थियो । एक वर्गले अरुको थिचोमिचो गरेर निरन्तर विलासिता बाँचिरहनु अनि एक व्यक्तिले उक्त थिचोमिचो सहेर चुपचाप दोस्रो दर्जाको मान्छे भएर बाँचिरहनु भनेकै सामाजिक सद्भाव र एकता हो ? त्यस्तो खाले सद्भाव र एकताको विग्रह प्रचण्डले गराएकै हुन् । जसको कारण आज देशभित्रका सबै मान्छे जनता र सबै जनता मान्छे बनेका छन् । आज देशका महिला, जनजाति, दलित, पिछडा वर्ग, लोपोन्मुख समुदाय, अपाङ्ग सबैको नीति नर्माणको तहमा उचित सहभागिता सुनिश्चित भएको छ ।सदियौं देखिको भारतीय एकाधिकारको अन्त हुनसक्छ र आत्मनिर्णय सहितको सन्तुलित परराष्ट्र नीति निर्माण हुन सक्छ भन्ने कुराको सन्देश प्रचण्डले पहिलो पटक प्रधानमन्त्री हुँदा दिए । जननिर्वाचित प्रधानमन्त्रीले राष्ट्रहितका महत्वपूर्ण निर्णय गर्न नपाउने हो भने कुर्चीमा बसिराख्नको अर्थ नहुने भन्दै नैतिकताको आधारमा राजिनामा दिने पनि उनै निस्किए । यो तथ्य विश्लेषण गर्दै गर्दा वर्तमानका प्रधानमन्त्री हेरौं, देशैभर आलोचना भइरहँदा पनि आफ्नै दलका बहुसंख्यक सदस्यले मन नपराउँदा पनि आफूले चाहेजस्तो गर्न नपाउँदा नैतिकताको राजिनामा होइन, बरु संसद नै विघटन गरिदिए । ओली प्रजातन्त्रका लागि चौध वर्ष जेल बसेका हुन भनेर उनका समर्थकहरुले प्रचार त गर्ने गर्छन तर उनी कुन संघर्षको नेतृत्व गरेर, कुन मुद्दा लिएर र कहाँ कोसँग लडेर भिडेर जेल गएका हुन भन्ने कुरा कतै सुनिदैन । बरु संघर्षका कुनै पनि मोर्चामा ओली अग्रस्थानम कहिल्यै उभिएनन । उनको जेलयात्रा आकष्मिक र अस्वभाविक थियो भनेर उनकै सहकर्मीहरुले बताउने गरेका छन्, त्यो फरकै कुरा । कारण जेसुकै भए पनि संघर्षका दौरान उनले पनि यातना भोगे त्यसलाई सकारात्मक रुपमै बुझ्नु उचित हुन्छ ।निसन्देह भन्न सकिन्छ, प्रचण्डको वर्तमानको दैनिकी र वैयत्तिक जीवन सर्वहाराको प्रतिनिधित्व गर्ने खालको छैन । यावत आलोचना र यथेष्ट खिसिट्युरीका बाबजुत पनि उनले कोट पाइन्टमा टाई सजाउन छोडेका छैनन् । यतिविधि आलोचना हुँदाहुँदै पनि कुख्यात ठेकेदारकै घरमा टाँसिएर बसिरहनु पर्ने, दलाल विचौलियाहरु सँग बसेर चियाचपाती भोजन गर्नु, परिवार र पारिवारिक नातागोताको घेरालाई महत्वपूर्ण जिम्मेवारी बाँड्दै जानु, उही विषयमा पनि समय सन्दर्भमा बोली फेर्दै जानु, अस्पष्ट र अस्थीर विदेश नीति, समय समयमा सार्वजनिक भएका पार्टीका आन्तरिक बैठक र प्रशिक्षणका विवादास्पद भिडियो सामग्री र वक्तव्य आदि प्रचण्डको जीवनका नकारात्मक पाटा हुन ।प्रचण्डले अङ्गिकार गरेको राजनीतिक सिद्धान्त, दर्शन र शासन सञ्चालनका गतिविधिमा प्रश्न उठाउन सकिने थुप्रै विषय छन् । आफ्नो राजनीतिक धरातल तयार गरिदिएका र संघर्षको कष्टप्रद यात्रामा संगै हिँडेका सहकर्मीलाई समेट्न नसक्नु तर फरक विचार र आदर्श बोकेका व्यक्तिहरुसँग सहकार्य गर्दै जानु उनको राजनीतिको सबैभन्दा गलत आचरण हो । कुन कारणले बाबुराम भट्टराई गलत र खिलराज रेग्मी ठीक ? कुन कारणले मोहन वैद्य गलत र केपी ओली सही ? स्थानीय निर्वाचनमा कुन कुन कारणले नेपाली कांग्रेस नजिकको र नेकपा एमाले टाढाको ? अनि कुन कारणले चार महिना पछिको प्रदेश र संघको निर्वाचनमा एमाले नजिक, कांग्रेस टाढा ? आफ्नै टाउकाको मूल्य तोक्ने शेर बहादुर देउवाले आफ्ना कुन कुन आनीबानीमा सुधार गरे र प्रचण्डले उनीसँग सत्ताको साझा अभ्यास गरे ? कुन सिद्धान्त र दर्शनको धरातलमा टेकेर उनले राजतन्त्रको मियो मानिएका कमल थापासँगै मिलेर शासन सञ्चालन गरे ? प्रचण्डले आज भनेजस्तै केपी ओली तानाशाही प्रवृृत्तिका मान्छे नै हुन भने दुई दुई पटक उनैलाई सरकार प्रमुखको जिम्मेवारीमा किन सिफारिस गरियो ? उनै माधव नेपाल कुनै समय देशलाई नभइ नहुने, कुनै समय देशलाई नभए पनि हुने, कहिले विषबृक्ष कहिले कल्पबृक्ष कसरी बने ? प्रचण्डको राजनीतिक जीवनमा यस्ता थुप्रै अनुत्तरित प्रश्नहरु छन जसमा नीति, सिद्धान्त र दर्शनको कुनै रंग देखिदैन । सिद्धान्त, दर्शन, नीति आदिको बेवास्ता गरी प्रचण्डले गरेका थुप्रै गतिविधिको नतिजा प्रचण्ड र उनको दलले त राम्रैसँग भोगेको छ, जुन आज देशले पनि भोगिरहेको छ ।यस्ता थुप्रै प्रश्नहरुका बाबजुद पनि प्रचण्ड विगतको संघर्षले नै नेपालमा केही स्मरणीय उपलव्धी हाँसिल गरेको छ । प्रचण्डको व्यक्तिगत जीवनमा जस्तोसुकै परिवर्तन र स्खलन आएपनि उनले स्थापित गरेको व्यवस्थालाई भने त्यसले खास असर गर्ने छैन । जनताले पाएका अधिकार फिर्ता हुने छैनन् । पहिलो पटक प्रधानमन्त्री बन्दा उनले ‘हातहातमा मोवाइल, घरघरमा इन्टरनेट’ को नारा प्रस्तुत गरेका थिए । ऊ वेला पनि धेरै आलोचकले उनको यो नारालाई हाँसो र खिसीमा उडाएका थिए । तर आज उक्त नारा वास्तविकतामा परिणत भइसकेको छ । प्रचण्डको जीवनमा जस्तो पतन आओस्, देश भने उनको त्यागले जन्माएका उपलब्धीबाट पछि फर्किने छैन ।जुन वर्गका सामाजिक, राजनैतिक, धार्मिक, साँस्कृतिक लगायत सबै खाले अग्राधिकार वैैधानिक रुपमै खोसिएका छन्, उनीहरुले त प्रचण्डलाई कहिल्यै पनि असल पात्रको रुपमा हेर्ने छैनन् तर जो सदियौं देखिको बहुआयामिक दलनबाट मुक्त भए र सामाजिक समतासहित आफ्ना जीवनका योजना आफै बनाउन सक्ने भए उनीहरुका नजरबाट भने प्रचण्ड असल पात्र नै देखिन्छन् । त्यो परिदृष्यमा प्रचण्डको वैयक्तिक जीवनका स्खलनहरुले खासै अर्थ राख्दैनन् । समाजको तल्लो तहका माानिसहरुलाई राष्ट्रिय मूलधारमा ल्याएर नीतिगत तथा चेतनापरक समानता स्थापित गर्नु प्रचण्डको सबैभन्दा सबल पक्ष हो भने परिवर्तनलाई व्यवस्थित गर्न नसक्नु उनको सबैभन्दा ठूलो कमजोरी हो । त्यसैले प्रचण्डका व्यक्तिगत कमजोरीमा टेकेर व्यवस्थामाथि धावा बोल्नु सर्वथा गलत हुन्छ ।
प्रचण्डका अत्यन्त निकटका पात्र मानिएका केपी ओलीको निगाहमा विद्या भण्डारी राष्ट्रपति बनेको चर्चा सामाजिक सञ्जालमा हेर्न पाइन्छ । तर उनै ओली सशस्त्र जनयुद्धको मात्र हाेइन, बयलगाढामा चढेर अमेरिका नपुगिने भन्दै गणतन्त्रको आन्दोलनको समेत खिल्ली उडाइरहेका थिए । आफ्नो कुनै चाहना नभएको र सहभागिता नभएको तर जनताको अथाह संघर्ष र बलिदानीबाट स्थपित भइसकेको गण्तन्त्रलाई सकेसम्म अझै पनि नष्ट पार्ने ओलिको भित्री मनसाय उनका गतिविधीबाट देखिन्छ ।(लेखक प्रगतिशील लेखक संघ नेपालका सचिवालय सदस्य हुन्)