उल्लुबारे शुभ-अशुभ सम्बन्धी थाहा पाउनै पर्ने केही मान्यता

केही शंकेतका आधारमा मानिसहरु केही राम्रो हुँदै गरेको वा केही नराम्रो हुँदै गरेको अनुमान लगाउँछन् । शभ, अशुभ, लक्षिन, अलक्षिन जस्ता मान्यताबाट मानिसहरुले पछि हुने घटनाका बारेमा अनुमान लगाउने र सोही अनुसार कामकुरा गर्ने गरेको अझै पनि देखिन्छ ।
त्यसै अनुसा उल्लुलाई लक्ष्मीको बाहन मानिन्छ । तर पनि उल्लुलाई कतै शुभ मानिन्छ भने कतै अशुभको शंकेत मान्ने गरेको पाइन्छ । उल्लुलाई देखेर कति मानिस खुसी हुन्छन् भने कति मानिस अब केही अनर्थ हुने भयो भनेर डर मान्छन् । उल्लुलाई देखेर मानिसमा मनमा अनेकौँ तर्कबितर्क आउने गर्छन् । उल्लुका सम्बन्धमा केही धार्मीक तथा सामाजिक मान्यताहरु छन् ।
उल्लुका सम्बन्धमा भएका केही धार्मीक तथा सामाजिक मान्यताहरु:
–यदि उल्लुसँग आँखा जुध्यो भने आर्थिक लाभ हुने शंकेत मानिन्छ ।
–यदि उल्लुले कुनै रोगी मानिसलाई छोएर उसको माथिबाट उडेर गयो भने उसको सबै रोग निको हुने मान्यता छ ।
–उल्लु आफ्नो दायाँतर्फ देखिनु र कराउनु अशुभ हुने मान्यता छ । यदि उल्लुको आवाज सुन्नुभयो भने त्यो दिन केही अनर्थ अर्थात हुँदैछ भन्ने बुझ्नु पर्छ । तर उल्लु आफ्नो बाँया तर्फ देखिनु भने शुभ मानिन्छ ।
–यदि उल्लु घरको कौशीमा वा छानामा आएर बस्यो र आवाज निकाल्यो भने त्यो घरका कुनै सदस्यको मृत्यु हुने शंकेत दिएको मानिन्छ ।
–बिहानै घरको पूर्व दिशामा उल्लु देखिनु र कराउनुलाई भने शुभ मानिन्छ । यदि त्यस्तो भयो भने अचानक नसोचेको धन प्राप्त हुने मान्यता छ ।
–यदि सँधै आफ्नो वरपर उल्लु देखिन्छ भने लक्ष्मी माता आफूसँग प्रभावित भएको मानिन्छ । र यस्तो भयो भने लक्ष्मी माताले चाँडैनै आफूप्रति कृपा गर्ने विश्वास गरिन्छ ।