Logo माघ ६, २०७७ मंगलबार


कविता : एउटा अध्यारोको अनुष्ठान

–ठाकुर बेलवासे

तिमीलाई गहिरो गरी पढन
मैले एउटा सिंगो रात मागेको छु
म कल्पना गर्न सक्छु –
तिम्रा खुट्टादेखि शिरसम्म
पत्रपत्र पल्टाउँदै
एउटा अनन्त आनन्दको रहस्य पढ्दै गर्दा
जून सर्वाङ्ग हुनेछ र,
पोखिने छ, आकाशमा

हो त्यही एक रात –
म सिंगो जीवनको तिर्खा मेट्न चाहन्छु
त्यसपछि मैले
कुनै चरम सुखको तिर्खा पाल्नु नपरोस्

तिमीमा भरिएर
उथलपुथल बन्दै गएको
यौवनको तालमा

म डुबुल्की मार्न चाहन्छु
यसपछि
जीवनमा कहिल्यै गर्मी नचढोस्

तिमी तारेभीरजस्तो
कति कठिन छ्यौ
त्यही रात म
तिमीमा आरोहण गर्न चाहन्छु
यसपछि
चढ्नुपर्ने सबै चाहनाहरु
सदाका लागि समाप्त पार्न चाहन्छु
अनि एउटा सफल आरोही बनेर
जीवनभर सन्तुष्ट रहन चाहन्छु

हो त्यही एक रात
तिमीमा फुलेको गुलाफको सुगन्धले
म जीवनभर सुगन्धित हुन चाहन्छु
सुगन्धको अर्को कुनै राग खोज्नु नपरोस्

तिमीलाई गहिरो अध्ययनका लागि
मैले एउटा सिंगो रात मागेको छु
हो त्यही रात –
ममा उम्लिएको काउकुती पोख्नेछु
अनि जीवनभर हलुका हुनेछु

जिन्दगीमा
डुबुल्की मार्नुपर्ने तालहरु
चढ्नु पर्ने आकाङ्क्षाहरु
पोख्नुपर्ने रहरहरु
अनि नाङ्गिएर सप्तरंगी बन्ने कल्पनाहरु
सबैसबै समाप्त पारेर
एउटा गम्भीर तृष्णा मेटाउन चाहन्छु

तिमी
अध्ययनको कहिल्यै अन्त्य नहुने
विश्वविद्यालय जस्तो
जीवनभरको तिमीमाथिको अध्ययन
एकै रातमा समाप्त पार्ने
दुस्साहस गर्दैछु

तिमीलाई गहिरो अध्ययन गर्न
एउटा अँध्यारोको अनुष्ठान गरेर बसेको छु
हो त्यही अध्यारोमा
म पनि पत्रपत्र खोलिने छु
तिम्रासामु

हो त्यही रात
तिमीले सदाका लागि
मलाई उन्मुक्त पार्नुपर्नेछ
जिन्दगीका वासनाहरुबाट ।

प्रतिक्रिया दिनुहोस्
विशेष

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत रहेको पाटन अस्पताल पूरानो र विश्वसनीय अस्पतालको रुपमा चिनिन्छ ।

पहिलो चरणमा एड मार्क कलेजसँगको सहकार्यमा आयोजना गरिएको पहिलो श्रृङ्खलामा २०० युवाहरुको सहभागीता रहेका थियो ।

काठमाडाैं  ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक घोषणाविरुद्ध जाग्न…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिकाको १५० वर्षीय इतिहासमा आफ्ना उत्तराधिकारीलाई व्हाइट हाउसमा स्वागत नगर्ने राष्ट्रपति बनेका छन् । नवनिर्वाचित राष्ट्रपति…

कमला हमाल काठमाडौं । संवैधानिक इजलाशमा प्रतिनिधि सभा विघटनविरुद्ध परेका १३ रिटमाथि सुनुवाई जारी छ । सुनुवाइको दोस्रो दिन सोमबारको…

यतिबेला देशका मध्य तथा पूर्वी तराईका भूभागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ।