Logo माघ ६, २०७७ मंगलबार


बाल कथा : पण्डित र राजा

धेरै पहिले एउटा सानो गाउँमा घनश्याम नामका पण्डित बस्थे । त्यहि गाउँमा पसल चलाएर एक जना व्यापारी पनि बस्नेगर्थे । घनश्याम पण्डितले एक दिन ती पसलेलाई पाँच सय रुपैयाँ राख्न दिए । आफ्नी छोरीको विवाहमा लिने गरी उनले पसलेलाई पैसा राख्न दिएका थिए ।

केही वर्षपछि पण्डितकी छोरी ठूली भइ । उनको विवाह गर्ने बेला भयो । पण्डितले पसलेलाई राख्न दिएको पैसा माग्न गए । तर पसलेले आफूलाई पैसाको बारेमा केही थाहा नभएको बतायो । उसले भन्यो, ‘कुन पैसा ? मलाई कहिले पैसा दिनुभएको थियो र ? केही लिखित प्रमाण छ ?’ पसलेको कुरा सुनेर पण्डित छक्क परे । पण्डितसँग कुनै लिखित प्रमाण नभएकाले पैसा लिने कुनै उपाय देखेनन् । उनलाई छोरीको विवाह गर्न नै समस्या भयो । केही दिनपछि उनले एउटा उपाय सोचे । पण्डित अब पसलेले पैसा फिर्ता नदिएको बारे राजालाई सुनाउने निर्णयमा पुगे । राजा केही निर्णय गरिदेलान र आफूले पैसा पाउँला भन्ने उनमा आशा पलायो ।

उनी तुरुन्तै राजा भएको ठाउँ गए र आफ्नो समस्या सुनाए । राजाले पण्डितका कुरा सुनेर भने, ‘भोली मेरो सवारी हुन्छ । तिमी त्यहि पसलेको पसल छेउमा उभिरहनु ।’

अर्को दिन साँच्चै राजाको गाउँमा सवारी भयो । गाउँलेहरुले फुलमालाले राजालाई स्वागत र सम्मान गरे । घनश्याम पण्डित त्यहि पसल नजिकै उभिरहेका थिए । राजाले पण्डितलाई देख्ने बित्तिैकै प्रणाम गरे र भने, ‘गुरु जी, तपाइँ यहाँ कसरी रु तपाइँ त हाम्रो गुरु हो । आउनुस, यहाँ बग्गीमा बस्नुस ।’ पसलेले यो सबै देखिरहेको थियो ।

पण्डित र राजा दुवैजना पसलबाट केही पर पुगेपछि राजाले पण्डितलाई बग्गीबाट उतारे र भने, ‘पण्डितजी, मैले तपाईको काम गर्दिएको छु । अब बाँकी तपाइँको भाग्यमा जे छ त्यहि हुन्छ ।’

उता पसले पण्डित र राजाको राम्रो सम्बन्ध भएको सोचेर छक्क परिरहेको थियो । कतै पण्डितले राजालाई भनेर मेरो उठिबास लगाउने त हैन भन्ने उसमा डर पनि पलायो ।

त्यसपछि पसलेले आफ्नो कामदारलाई पण्डितलाई बोलाएर ल्याउन लगायो । पण्डित एउटा रुखको मुनि बसेर केही सोचिरहेका थिए । राजाले के गरेको भन्ने पनि बुझेनन् । आफ्नो पैसा नआउने भयो भन्ने पीरमा थिए । त्यतिकैमा पसलेको कामदार आएर पण्डितलाई खुब सम्मान साथ बोलायो र लिएर गयो ।

पण्डित आउने बित्तिकै पसलेले प्रणाम गर्यो र भन्यो, ‘मैले धेरै मेहनेत गरेर पुराना खाता हेरेँ । खातामा १० वर्षदेखि तपाइँको पाँच सय रुपैयाँ जम्मा भएको भेटेँ । हिसाब गर्दा ब्याज पनि बाह्र हजार रुपैयाँ भइसकेको रहेछ ।

पण्डित जी तपाइँको छोरी मेरो पनि छोरी हो । त्यसैले एक हजार बढी पैसा मेरो तर्फबाट लिएर जानुस् र छोरीको विवाह राम्रोसँग गर्नुस ।’

त्यसपछि पण्डितले पसलेबाट १३ हजार रुपैयाँ पाए र सम्मानसाथ बिदा भए ।

संकलन : अम्बिका खड्का

प्रतिक्रिया दिनुहोस्
विशेष

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत रहेको पाटन अस्पताल पूरानो र विश्वसनीय अस्पतालको रुपमा चिनिन्छ ।

पहिलो चरणमा एड मार्क कलेजसँगको सहकार्यमा आयोजना गरिएको पहिलो श्रृङ्खलामा २०० युवाहरुको सहभागीता रहेका थियो ।

काठमाडाैं  ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक घोषणाविरुद्ध जाग्न…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिकाको १५० वर्षीय इतिहासमा आफ्ना उत्तराधिकारीलाई व्हाइट हाउसमा स्वागत नगर्ने राष्ट्रपति बनेका छन् । नवनिर्वाचित राष्ट्रपति…

कमला हमाल काठमाडौं । संवैधानिक इजलाशमा प्रतिनिधि सभा विघटनविरुद्ध परेका १३ रिटमाथि सुनुवाई जारी छ । सुनुवाइको दोस्रो दिन सोमबारको…

यतिबेला देशका मध्य तथा पूर्वी तराईका भूभागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ।