Logo माघ ६, २०७७ मंगलबार


‘निर्मलाका हत्यारा खै ?’ लेखिएको टिसर्ट लगाउँदा पक्राउ पर्ने युवा को हुन ?

धनगढी । प्रतिनिधिसभा विघटनपछि नयाँ निर्वाचनका लागि भोट माग्न भन्दै धनगढी पुग्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले साढे २९ महिनादेखि सुदूरपश्चिममा ठूलो आन्दोलनको विषय बनेको  बलात्कारपछि हत्या गरिएकी निर्मला पन्त घटनाबारे कुनै अभिव्यक्ति दिनुभएन । धनगढी पुग्दा पनि प्रधानमन्त्रीले न्यायको आसमा संघर्षरत निर्मलाको परिवारलाई पनि सम्झिनु भएन ।

तर ‘निर्मला पन्तका बलात्कारी खै ?’ लेखिएको टिसर्ट लगाएर न्याय मागिरहेका केही युवालाई भने प्रहरीले प्रधानमन्त्री ओली बोलिरहेकै सभाबाट पक्राउ गर्यो । निर्मला पन्तका बलात्कारी पक्राउ गरी कारबाही गर्नेबारे नबोल्ने र ८ सय ९८ दिन बित्दासमेत हत्यारा पत्ता लगाउन नसकेको सरकारले न्याय माग्दै प्रश्न गर्ने युवाहरुको समूहलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले १० साउन ०७५ मा बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मलाको हत्यारा पत्ता लगाउन सभ्य शैलीमा अनुरोध गर्ने युवा/ विद्यार्थीलाई पक्राउ गरेको हो । उनीहरुले शुक्रबार ओली समूहले धनगढीमा आयोजना गरेको जनसभामा ‘निर्मला पन्तका बलात्कारी खै ?’, ‘निर्मलालाई न्याय दे’ लेखिएको टिसर्ट लगाएर प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन खोजेका थिए । तर प्रधानमन्त्रीनिकट नेताहरूको निर्देशनमा प्रहरीले उनीहरूलाई सभास्थलबाट पक्राउ गरेर हिरासतमा पु-याएको बताइएको छ ।

पक्राउ गरिएका युवाहरूमा धनगढीका २४ वर्षीय विनोद खड्का, २९ वर्षीय सुरेश कुँवर, २१ वर्षीय ताराप्रसाद जोशी, १८ वर्षीय प्रवीण खड्का, २३ वर्षीय आरुद शाह, २४ वर्षीय सागर जोशी र २१ वर्षीय राजेन्द्र शाही रहेका छन् । उनीहरू सबै विद्यार्थी हुन् । प्रहरीका अनुसार उनीहरूले प्रधानमन्त्रीको कार्यक्रममा भने कुनै अवरोध गरेका थिएनन, नारा पनि लगाएका थिएनन् । निर्मलाका हत्यारा पत्ता लागेका छैनन् भनेर ध्यानाकर्षण गर्न टिसर्ट मात्र लगाएका थिए ।

यति गम्भीर घटनाका पीडितलाई न्याय माग्दासमेत बल प्रयोग गरी पक्राउ गरिएको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भएको छ । प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालगायतका नेताहरुले त्यसकोको निन्दा गरेका छन् । नागरिकको मौलिक हकमाथि बल प्रयोग भएको भन्दै प्रहरीमाथिसमेत प्रश्न उठेको छ ।

‘एउटा प्रकृतिको कार्यक्रममा अर्को विषयको टिसर्ट लगाएर आउँदा कार्यक्रम बिथोल्न आएको भनेर विवाद हुन सक्छ भनेर युवाहरुलाई उनीहरुकै सुरक्षाका लागि नियन्त्रणमा लिएका हौं’ कैलालीका प्रहरी प्रमुख एसपी अनुपमशमशेर जबरा भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत रहेको पाटन अस्पताल पूरानो र विश्वसनीय अस्पतालको रुपमा चिनिन्छ ।

पहिलो चरणमा एड मार्क कलेजसँगको सहकार्यमा आयोजना गरिएको पहिलो श्रृङ्खलामा २०० युवाहरुको सहभागीता रहेका थियो ।

काठमाडाैं  ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक घोषणाविरुद्ध जाग्न…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिकाको १५० वर्षीय इतिहासमा आफ्ना उत्तराधिकारीलाई व्हाइट हाउसमा स्वागत नगर्ने राष्ट्रपति बनेका छन् । नवनिर्वाचित राष्ट्रपति…

कमला हमाल काठमाडौं । संवैधानिक इजलाशमा प्रतिनिधि सभा विघटनविरुद्ध परेका १३ रिटमाथि सुनुवाई जारी छ । सुनुवाइको दोस्रो दिन सोमबारको…

यतिबेला देशका मध्य तथा पूर्वी तराईका भूभागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ।