Logo माघ ६, २०७७ मंगलबार


प्रधानन्यायाधीशको द्धिविधा : मुलुककै हिरो बन्ने कि ओलीसँगै नामेट हुने !

-खेम बम

सुन्दै अचम्म लाग्छ, प्रधानमन्त्रीलाई कालो रङ देख्ने बित्तिकै इरिटेड हुन्छ । उहाँ जाने हरेक कार्यक्रममा कालो मास्क, पहिरन प्रायः प्रतिबन्ध छ । कैलालीको धनगढीमा आयोजना गरिएको सभामा पनि कालो वस्त्र प्रतिबन्ध थियो ।

कतिले सामाजिक सञ्जाल फेसबुकमा लेखे पनि– ‘प्रधानमन्त्रीज्यू, मेरो कपाल नै कालो छ म तपाईंको कार्यक्रममा कसरी उपस्थित बनूँ ?’ जनताले लोकतन्त्रका लागि ठूलो त्याग बलिदान गरेका छन्, अहिले प्रधानमन्त्री ओलीको कार्यशैली हेर्दा आफू पेरीफेरीका माफिया, तस्कर, विभिन्न काण्डका आरोपित व्यक्तिलाई मन्त्री बनाउनका लागि जनताको रगत बगेको होइन ।

अहिले ओली कदमले लोकतन्त्रको उपहास भएको विज्ञहरु बताउँदै आएका छन् । संसदमा आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ज हुने भयले जनताका समस्या मुखरित हुने संघीय संसदको प्रतिनिधि सभा विघटन गर्ने ओलीको असंवैधानिक कदमविरुद्ध सडकमा जनता ओर्लेका छन् । राष्ट्रिय सभा सदस्य बामदेव गौतमले भन्नुभएको छ, यदि आफू प्रधानमन्त्रीको ठाउँमा भएको भए राजीनामा दिएर मार्ग प्रशस्त गर्थे, संविधानको बर्खिलाप जाने थिएन ।

यतिबेला प्रधानमन्त्रीको असंवैधानिक कदमको फेहरिस्त सर्वोच्चमा अड्किएको छ । संवैधानिक इजलासमा रहेका दर्जन बढी मुद्धामा बृहत्त इजलास हुनुपर्ने कानूनविद्हरुले बताउँदै आएका छन् । अहिले प्रधानन्यायाधीशलाई मुलुककै हिरो बन्ने र नामेट हुने अवसर पनि छ । संसद पुनस्र्थापनापछि जनताले पाँचवर्षका निम्ति दिएको म्यान्डेडलाई नेकपाले सही रुपमा उपयोग गर्दै विकास निर्माणका दुई वर्ष खर्च गर्नुपर्ने देखिन्छ ।

धेरै मानिसलाई अहिलेको नेकपाभित्रको तिक्तताका विषयमा भ्रमित तुल्याइएको छ । पार्टीभित्रको खास विवादको जड प्रधानमन्त्री केपी शर्मा ओली नै हुन् भन्नेमा दुई मत छैन । आफ्नो बढाइचढाइ र सामाजिक सञ्जालमा अनावश्यक बक्नेहरुलाई रेल्वे कम्पनीमा, कसैलाई विभूषित, ७० करोडलाई गुमनाम, बाइडबडी काण्डकालाई जिम्मेवार निकायको प्रमुख यावत् विषयमा प्रधानमन्त्री ओली चुकेकै छन् । पार्टीले यी गतिविधि रोक्नुस् भन्दा उल्टै देशलाई नै अनिर्णयको बन्दी बनाउने दाउसम्म कुरेका ओलीलाई जनताको मतले सराप्छ भन्नेको पंक्ति छ ।

गाउँपालिकामा हारेकालाई केन्द्रीय सदस्य, प्रदेश हारेकालाई मन्त्री यी सबै असंवैधानिक र मनपरी गतिविधिका कारण ओलीलाई जनताको मतले निकै पोल्ने देखिन्छ । आफू एकछत्र राज गर्ने मनसायले सबै संरचना भताभुङ्ग पार्छु भन्दै अभिव्यक्ति दिँदै हिड्ने प्रधानमन्त्री, जनतालाई उखानले लठ्ठ पार्ने प्रधानमन्त्री, आफ्नै पार्टीका ज्यूँदा नेतालाई श्रद्धाञ्जली दिँदै हिड्ने प्रधानमन्त्री जनताले चाहेका थिएनन् ।

नेपालमा सबैभन्दा बढी जेल बसेका दक्षिण एसियाकै नेल्सन मण्डेलाको उपमा पाएका मोहनचन्द्र अधिकारीका अनुसार– केपी शर्मा ओली धुर्त, दुष्ट र मानवताहीन भावना भएका पात्र हुन् । आफूसँगै राजनीतिमा हिडेकाहरुलाई लौरो बजार्दै निहीत स्वार्थमा रुमलिएका प्रधानमन्त्री ओलीलाई अधिकारीले भनेका छन्, ‘मलाई ६० वर्षमै सन्यास लिन लगाइयो, आफू कात्रो ओड्दासम्म राज गरिरहेका छन् ।’

प्रतिक्रिया दिनुहोस्
विशेष

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत रहेको पाटन अस्पताल पूरानो र विश्वसनीय अस्पतालको रुपमा चिनिन्छ ।

पहिलो चरणमा एड मार्क कलेजसँगको सहकार्यमा आयोजना गरिएको पहिलो श्रृङ्खलामा २०० युवाहरुको सहभागीता रहेका थियो ।

काठमाडाैं  ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक घोषणाविरुद्ध जाग्न…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिकाको १५० वर्षीय इतिहासमा आफ्ना उत्तराधिकारीलाई व्हाइट हाउसमा स्वागत नगर्ने राष्ट्रपति बनेका छन् । नवनिर्वाचित राष्ट्रपति…

कमला हमाल काठमाडौं । संवैधानिक इजलाशमा प्रतिनिधि सभा विघटनविरुद्ध परेका १३ रिटमाथि सुनुवाई जारी छ । सुनुवाइको दोस्रो दिन सोमबारको…

यतिबेला देशका मध्य तथा पूर्वी तराईका भूभागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ।