Logo माघ ६, २०७७ मंगलबार


‘जुन फूल मैले चाहेको थिएँ’ गीतका रचनाकार रिमालको निधन

काठमाडौँ । वरिष्ठ गीतकार भैरवनाथ रिमाल ‘कदम’को निधन भएको छ।

दर्जनौं सदाबहार गीतका रचनाकार रिमालको ८६ वर्षको उमेरमा शनिबार दिउँसो २ः५० बजे निधन भएको हो ।

वि सं १९९२ माघ ३ मा जन्मिएका रिमालले ५०० भन्दा धेरै गीतको रचना गर्नुभएको छ । उहाँका नारायण गोपालले स्वर दिएको ‘जुन फूल मैले चाहेको थिएँ’, अरुणा लामाले स्वर दिएको ‘उदास मेरो प्रेम कथा’ लगायत थुप्रै गीत लोकप्रिय छन्।

लामो समयदेखि अस्वस्थ रिमाल स्मरण शक्ति ह्रास हुने अलजाइमर्सको समस्याबाट पीडित हुनुहुन्थ्यो । उहाँलाई अन्तिम समयमा निमोनिया, मृगौलाको समस्या समेत देखिएको पारिवारिक स्रोतले जनाएको छ ।

रिमालको अन्तिम संस्कार शनिवार साँझ नै पशुपति आर्यघाटमा गरिदैछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत रहेको पाटन अस्पताल पूरानो र विश्वसनीय अस्पतालको रुपमा चिनिन्छ ।

पहिलो चरणमा एड मार्क कलेजसँगको सहकार्यमा आयोजना गरिएको पहिलो श्रृङ्खलामा २०० युवाहरुको सहभागीता रहेका थियो ।

काठमाडाैं  ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक घोषणाविरुद्ध जाग्न…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिकाको १५० वर्षीय इतिहासमा आफ्ना उत्तराधिकारीलाई व्हाइट हाउसमा स्वागत नगर्ने राष्ट्रपति बनेका छन् । नवनिर्वाचित राष्ट्रपति…

कमला हमाल काठमाडौं । संवैधानिक इजलाशमा प्रतिनिधि सभा विघटनविरुद्ध परेका १३ रिटमाथि सुनुवाई जारी छ । सुनुवाइको दोस्रो दिन सोमबारको…

यतिबेला देशका मध्य तथा पूर्वी तराईका भूभागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ।