गीतकार संघ नेपालकाे पाँचाैं अधिवेशन, अध्यक्षमा मुकारुङ निर्वाचित (फाेटाेफिचर)

काठमाडौं । गीतकार संघ नेपालको अध्यक्षमा गीतकार शुभ मुकारुङ निर्वाचित हुनुभएको छ । एघारौं साधारण सभा तथा पाँचौं अधिवेशनबाट अध्यक्षमा मुकारुङ निर्वाचित हुनुभएको हो ।
अधिवेशनले वसन्त वित्यासी थापालाई उपाध्यक्षमा चयन गरेको छ । रमेश कोइराला महासचिवमा चुनिनुभएको छ भने सचिवमा महेश आचार्य निर्वाचित हुनुभएको छ । त्यस्तै, कोषाध्यक्षमा जितबहादुर घले निर्वाचित हुनुभएको छ ।
सदस्यहरुमा सुमि सिंह, लोकराज अधिकारी, चेतन खतिवडा, प्रतिमा श्रेष्ठ, उमेश राई र शितल कादाम्विनी चयन हुनुभएको छ ।