Logo माघ ६, २०७७ मंगलबार


आलोचना खप्न नसक्ने ओलीको निशानामा राष्ट्रियसभा, विपक्षीको मुख थुन्न दश दिनमै अन्त्य

काठमाडौं । प्रतिनिधि सभा विघटन गरेका प्रधानमन्त्री केपीशर्मा ओलीले राष्ट्रिय सभाको हिउंदे अधिवेशन पनि १० दिनमै अन्त्य गरिदिएका छन् ।

आइतबारअकस्मिकरुपमा मन्त्रिपरिषद्को बैठक डाकेर प्रधानमन्त्री ओलीले राष्ट्रिपति समक्ष राष्ट्रिय सभा अन्त्यको निर्णय पेश गरेका थिए । त्यसको केही मिनेटमै राष्ट्रिपतिले उक्त निर्णय स्वीकृत गरेर राष्ट्रिय सभा पठाएकी थिइन् ।

बजेट अधिवेशन अन्त्य गरेको ठ्याक्कै ६ महिनापछि हिउँदे अधिवेशन डाकेका प्रधानमन्त्री ओलीले ४ वटा बैठक बसे लगत्तै हिउँदे अधिवेशन अन्त्य गरेका छन् । राष्ट्रिय सभा लागतार उनको कदमविरुद्ध सांसद्हरु खनिन थालेपछि संसद्को अधिवेशन नै अन्त्य गरिएको छ । राष्ट्रिय सभाको अधिवेशन १० दिनमै अन्त्य गरिनुलाई राजनीतिक विश्लेषकहरुले ओलीले विपक्षीको मुख थुन्न अपनाएको हत्कण्डाका रुपमा व्याख्या गरेका छन् ।

आफ्नो गल्ति ढाकछोप गर्न भ्रमपूर्ण भाषण गर्ने, अरुलाई होच्याउने, गिज्याउने काम गर्दे आएका ओली आफ्नो आलोचना भने फिटिक्कै सुन्न रुचाउँदैनन् । जुन कुरा आइतबार राष्ट्रिय सभामा भएको प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री ओलीले दिएको जवाफले पुष्टि गर्छ । सांसद्हरुले तपाईले आफैलाई महाराज घोषित गरे पनि हामी मान्नु पर्ने हो ? संविधान पढ्नु हुन्न ? जस्ता प्रश्न गरेका थिए । जवाफमा ओलीले प्रश्न सोध्ने सांसद्हरुलाई संसदमै होच्याउने काम गरे उनले भने– यस्ता चनाइदा प्रश्न गर्नुभन्दा चुनावको तयारी गर्नुस् । प्रश्नका लागि प्रश्न मात्रै नगर्नुस् ।

अरुको मुख थुन्न उद्दत प्रधानमन्त्री ओलीले आफू भने दिनहुँ विभिन्न जिल्ला र क्षेत्रमा पुगेर भ्रमपूर्ण भाषण गर्दै आएका छन् । आफ्नै पूर्व सहकर्मीहरुलाई गाली गर्दै आएका छन् ।

शुक्रबार धनगढी पुगेर कार्यकर्तालाई सम्बोधन गरेका ओलीलेशनिबार काठमाडौंको प्रज्ञा भवनमा करिब ढेड घण्टा सम्बोधन गरेका थिए । आइतबार राष्ट्रिय सभामा उनले १ घण्टा बढी सम्बोधन गरे । उनका यी सबै सम्बोधन आफ्ना गल्तीहरु ढाकछोप गर्न,विपक्षीलाई होच्याउनरआफ्नै पूर्वसहकर्मीहरुलाई सराप्नतर्फ केन्द्रित थियो । राष्ट्रिय सभामा सम्बोधन गर्ने क्रममा ओलीले काम नपाएका व्यक्तिहरु हामी यहाँ छौं भन्दै सडकमा उत्रिएको भनेर पुष्पकमल दाहाल,माधवकुमार नेपाल लगायतका नेताहरुलाई गिज्याए ।

त्यसअघि पनि ओलीले आफ्नै सहकर्मीहरुलाई भेट्नु कुहिएको फल भन्दै गाली गरेका थिए भने रत्नपार्कमा सिसीमा औषधी बेच्नेहरुसंग तुलना गरेर खिल्ली उडाएका थिए ।

काम चलाउ सरकारका प्रधानमन्त्री ओलीले यसरी अरुलाई गिज्याउने,होच्याउने र खिसीटिउरी गर्ने क्रमलाई अझै तिव्रता दिएका छन् । शुक्रबार धनगढी पुगेर उनले यहि काम गरे ।

तर, साढे २ वर्ष अघि बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तका विषयमा चुइक्क बोलेनन् । बरु आफ्नो गल्ति ढाकछोपका लागि अनेकन कु तर्क गरे। जुन कुतर्क आइतबारको राष्ट्रिय सभाको बैठकमा पनि उनले दाहोर्याएका छन् । उनी भन्छन्– मसँग ६४ प्रतिशत मत छ । मलाई सरकार चलाउन मन लागेन । बाँकी ३६ प्रतिशतले सरकार बन्दैन त्यसैले संसद् विघटन गरे । ताजा जनादेश लिन खोजे ।

तर, ओलीको तर्क यसकारण पनि भ्रमपूर्ण छ की, उनकै पार्टी नेकपाका ६० प्रतिशत सांसद् उनीविरुद्ध उत्रिएका थिए । अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । संविधानले सरकार गठन गर्ने अन्य विकल्प स्पष्ट खुलाएकै छ । यो सबै हुँदा हुँदै उनी पटक पटक कु गरेर भ्रमको खेति गरिराखेको कानुनविद्हरु बताउँछन् । मैले जे भने त्यो नै सत्य हो त्यो नै सर्वमान्य हो झै गरेर जसरी प्रधानमन्त्री ओली अघि बढ्न खोजेका छन् त्यो देशका लागि घातक भएको उनीहरुको टिप्पणी छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत रहेको पाटन अस्पताल पूरानो र विश्वसनीय अस्पतालको रुपमा चिनिन्छ ।

पहिलो चरणमा एड मार्क कलेजसँगको सहकार्यमा आयोजना गरिएको पहिलो श्रृङ्खलामा २०० युवाहरुको सहभागीता रहेका थियो ।

काठमाडाैं  ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक घोषणाविरुद्ध जाग्न…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिकाको १५० वर्षीय इतिहासमा आफ्ना उत्तराधिकारीलाई व्हाइट हाउसमा स्वागत नगर्ने राष्ट्रपति बनेका छन् । नवनिर्वाचित राष्ट्रपति…

कमला हमाल काठमाडौं । संवैधानिक इजलाशमा प्रतिनिधि सभा विघटनविरुद्ध परेका १३ रिटमाथि सुनुवाई जारी छ । सुनुवाइको दोस्रो दिन सोमबारको…

यतिबेला देशका मध्य तथा पूर्वी तराईका भूभागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ।