पल्सर स्पोर्टस अवार्ड जनता टेलिभिजनमा प्रत्यक्ष प्रसारण हुने

काठमाडौं । एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०७६ जनता टेलिभिजनमा प्रत्यक्ष प्रसारण हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा सिमित व्यक्ति उपस्थित गराएर हुने कार्यक्रमको जनता टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने भएको हो ।
कार्यक्रमको जनता टेलिभिजनसहित अन्य तीन टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने आयाेजकले जानकारी दिएकाे छ । साथै जनता टेलिभिजनकाे अफिसियल युट्युब च्यानलबाट पनि कार्यक्रम हेर्न सकिने छ ।
कोरोना भाइरसको जोखिमका कारण निर्धारित समयभन्दा ढिलो हुन लागेको अवार्डको १७ औँ संस्करण भर्चुअल रुपमा गर्न लागिएको हो । कार्यक्रममा विभिन्न विधामा मनोनयनमा पर्ने खेलाडी, खेलकर्मी, पुरस्कार प्रदान गर्ने अतिथि र आयोजक मञ्जका सदस्य मात्र उपस्थित हुने बताइएको छ ।