Logo माघ ६, २०७७ मंगलबार


कोरोनाबाट थप १० जनाको मृत्यु

काठमाडाैं । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १० जना संक्रमितको मृत्यु भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार नौ सय २७ पुगेको छ । नेपालमा हाल दुई सय ३७ जना क्वारेन्टाइनमा छन्।

पछिल्लो २४ घण्टामा पाँच हजार तीन सय नौ जनामा गरिएको पीसीआर परीक्षणमा चार सय ८८ जनाको रिपोर्ट पोजेटिभ आएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमण हुनेको संख्या दुई लाख ६५ हजार दुई सय ६८ पुगेको छ।

पछिल्लो २४ घण्टामा पाँच सय २७ जना कोरोनाका बिरामी निको भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको संख्या दुई लाख ५७ हजार नौ सय ६८ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत रहेको पाटन अस्पताल पूरानो र विश्वसनीय अस्पतालको रुपमा चिनिन्छ ।

पहिलो चरणमा एड मार्क कलेजसँगको सहकार्यमा आयोजना गरिएको पहिलो श्रृङ्खलामा २०० युवाहरुको सहभागीता रहेका थियो ।

काठमाडाैं  ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक घोषणाविरुद्ध जाग्न…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिकाको १५० वर्षीय इतिहासमा आफ्ना उत्तराधिकारीलाई व्हाइट हाउसमा स्वागत नगर्ने राष्ट्रपति बनेका छन् । नवनिर्वाचित राष्ट्रपति…

कमला हमाल काठमाडौं । संवैधानिक इजलाशमा प्रतिनिधि सभा विघटनविरुद्ध परेका १३ रिटमाथि सुनुवाई जारी छ । सुनुवाइको दोस्रो दिन सोमबारको…

यतिबेला देशका मध्य तथा पूर्वी तराईका भूभागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ।