राष्ट्रिय एकता दिवस

काठमाडाैं । २९९औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विभिन्न कार्यक्रम गरी मनाईएको छ ।
विसं १७७९ पौष २७ गते गोरखाका राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा जन्मिनुभएका पृथ्वीनारायण शाहले बाइसे–चौबीसे राज्यमा छरिएर रहेका विभिन्न राज्यहरुलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गर्नुभएको सम्झनामा एकता दिवस मनाइएको हो।
तस्बिर : हनिशराज पन्त/ जनतासमाचार