Logo माघ ६, २०७७ मंगलबार


विश्वभर ६ करोड ५२ लाख संक्रमणमुक्त, १९ लाख ५१ हजारको मृत्यु

काठमाडौं । विश्वभरमा ६ करोड ५२ लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन् । मंगलबार बिहानसम्ममा ६ करोड ५२ लाख १३ हजार ३१९ जना संक्रमित कोरोनामुक्त भएका हुन् ।

हालसम्म विश्वमा ९ करोड १२ लाख ७५ हजार ८५० जनामा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये १९ लाख ५१ हजार ९१६ जनाको मृत्यु भइसकेको छ । हाल विश्वमा २ करोड ४१ लाख १० हजारभन्दा बढी सक्रिय संक्रमित छन् ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म २ करोड ३१ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । संक्रमितमध्ये एक करोड ३६ लाख २१ हजारभन्दा बढी निको भएका छन् भने तीन लाख ८५ हजार ४२ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

भारतमा हालसम्म एक करोड ४ लाख ७९ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । संक्रमितमध्ये १ करोड १ लाख १० हजारभन्दा बढी निको भएका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख ५१ हजार ३६४ जना पुगेको छ ।

नेपालमा हालसम्म २ लाख ६५ हजार २६८ जनामा कोरोना पुष्टि भएको छ । संक्रमितमध्ये २ लाख ५८ हजार ९६८ जना निको भएका छन् । यहाँ कोरोनाबाट १ हजार ९२७ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत रहेको पाटन अस्पताल पूरानो र विश्वसनीय अस्पतालको रुपमा चिनिन्छ ।

पहिलो चरणमा एड मार्क कलेजसँगको सहकार्यमा आयोजना गरिएको पहिलो श्रृङ्खलामा २०० युवाहरुको सहभागीता रहेका थियो ।

काठमाडाैं  ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक घोषणाविरुद्ध जाग्न…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिकाको १५० वर्षीय इतिहासमा आफ्ना उत्तराधिकारीलाई व्हाइट हाउसमा स्वागत नगर्ने राष्ट्रपति बनेका छन् । नवनिर्वाचित राष्ट्रपति…

कमला हमाल काठमाडौं । संवैधानिक इजलाशमा प्रतिनिधि सभा विघटनविरुद्ध परेका १३ रिटमाथि सुनुवाई जारी छ । सुनुवाइको दोस्रो दिन सोमबारको…

यतिबेला देशका मध्य तथा पूर्वी तराईका भूभागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ।