Logo माघ १५, २०७७ बिहीबार


कोरियाली वर्कर्स पार्टीको महासचिवमा किम जोङ उन निर्वाचित

उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन सत्तारुढ वर्कर्स पार्टीको महासचिवमा निर्वाचित भएका छन् । महासचिवमा निर्वाचित भएसँगै थप शक्तिशाली नेता बनेका छन् ।

वर्कर्स पार्टीको आठौँ अधिवेशनले उनलाई महासचिवमा निर्वाचित गरेको हो । राज्यद्वारा सञ्चालित कोरियाली समाचार संस्थाका अनुसार किमलाई पार्टीको महाधिवेशन र बैठकले महासचिव बनाउने सर्वसम्मत निर्णय गरेको छ ।

पार्टीको महासचिवका रुपमा उनीभन्दा अघि उनका बुबा र त्योभन्दा अघि उनका हजुरबुवाले वर्कर्स पार्टीको नेतृत्व सम्हाल्दै आएका थिए ।

उत्तर कोरियाको सर्वोच्च नेताका रुपमा किम त्यहाँको सेनाको सर्वोच्च कमाण्डरसमेत रहने भएका छन् । राज्यका अरु पनि धेरै प्रमुख जिम्मेवारीमा किमको नेतृत्व रहनेछ । उत्तर कोरियाको वर्कर्श पार्टीमा उनको परिवारको दबदबा छ ।

चिनियाँ राष्ट्रपतिको बधाई

उत्तर कोरियाको वर्कर्स पार्टीको महासचिवमा निर्वाचित भएकोमा किमलाई चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव तथा चिनियाँ राष्ट्रपति सी चिन फिङले बधाई सन्देश पठाएका छन् ।

राष्ट्रपति सीले सोमबार किमलाई एक बधाई सन्देश पठाउँदै आगामी कार्यकाल थप प्रभावकारी बनाउन शुभकामना दिएका छन् । उनले महासचिवका रुपमा किमसँगको सहकार्य राम्रो हुने विश्वाससमेत व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

पौष शुक्ल चतुर्दशीका दिन हातगोडाको नङ काटी स्नान गरी शुद्ध बस्त्र पहिरिएर यसको सुरुवात हुन्छ ।

हाल उल्लेखनीय मौसमी प्रणाली नभएको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

धर्म कर्म परोपकारमा समय जानेछ । । फाइदा अरुले पाउनेछन् । पूरानो काम सुचारु हुनेछ ।

अधिवक्ता धनजीत बस्नेतले पूर्वप्रधान्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध अवहेलना मुद्दा दायर गर्नुभएको छ ।

धनगढीमा १७ गते आयोजना हुने विशाल जनप्रदर्शनको लागि नेकपा सुदूरपश्चिम प्रदेश कमिटीले तयारी तीव्र पारेको छ ।

मूल्यसूची नराखेका र दर्ता कागजात नभएका व्यावसायिक फर्मलाई कारबाही गरिएको हो ।