पछिल्लो २४ घण्टामा ४३० जनामा कोरोना, ३९० जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टा चार सय ३० जनामा कोरोना भाइरस संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा पाँच हजार तीन सय जनाको पीसीआर परीक्षण गरिएकोमा चार सय ३० जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म कोरोना संक्रमण हुनेको संख्या दुई लाख ६५ हजार ६ सय ९८ पुगेको छ । आज देशभर सक्रिय संक्रमितको संख्या चार हजार चार सय आठ छन् ।
पछिल्लो २४ घण्टामा तीन सय ९० जना कोरोनाका बिरामी निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या दुई लाख ५९ हजार तीन सय ५८ रहेको छ ।
आज कोरोना भाइरस संक्रमणबाट देशभर पाँच जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक हजार नौ सय ३२ पुगेको मन्त्रालयले जनाएको छ ।