Logo माघ ६, २०७७ मंगलबार


स्पोर्टस अवार्ड : वर्षको उत्कृष्ट टिम महिला भलिबल, युवा खेलाडी तामाङ

ललितपुर । नेपाली राष्ट्रिय महिला भलिबल टिमले ’टिम अफ दि इयर’ अवार्ड प्राप्त गरेको छ ।

ललितपुरको सातदोबाटोस्थित कराते हलमा मंगलवार सम्पन्न ‘पल्सर स्पोर्ट्स अवार्ड’ मा महिला भलिबल टिमले ’टिम अफ दि इयर’ अवार्ड प्राप्त गरेको हो । महिला भलिबल टिमले २०७६ सालमा उत्कृष्ट प्रदर्शन गर्दै ऐतिहासिक पदक जितेको थियो । महिला टिमले गत वर्षको कात्तिकमा बंगलादेशमा भएको एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा स्वर्ण जितेको थियो ।

यस्तै महिला टिमले १३ औं सागमा ऐतिहासिक रजत पदक जितेको थियो । अवार्ड प्राप्त गरेपछि टिमकी कप्तान अरुणा शाहीले एन.एस.जे.एफलाई धन्यवाद दिएकी छन् । यस्तै, वर्ष युवा खेलाडीमा सुवास तामाङ परेका छन् ।

त्यसैगरी उत्कृष्ट प्रशिक्षक अवार्ड तेक्वान्दोका राष्ट्रिय प्रशिक्षक नविन श्रेष्ठले जितेका छन् । कोरोना भाइरसको जोखिमका कारण निर्धारित समयभन्दा ढिलो हुन लागेको अवार्डको १७ औँ संस्करण भर्चुअल रुपमा भएको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत रहेको पाटन अस्पताल पूरानो र विश्वसनीय अस्पतालको रुपमा चिनिन्छ ।

पहिलो चरणमा एड मार्क कलेजसँगको सहकार्यमा आयोजना गरिएको पहिलो श्रृङ्खलामा २०० युवाहरुको सहभागीता रहेका थियो ।

काठमाडाैं  ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक घोषणाविरुद्ध जाग्न…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिकाको १५० वर्षीय इतिहासमा आफ्ना उत्तराधिकारीलाई व्हाइट हाउसमा स्वागत नगर्ने राष्ट्रपति बनेका छन् । नवनिर्वाचित राष्ट्रपति…

कमला हमाल काठमाडौं । संवैधानिक इजलाशमा प्रतिनिधि सभा विघटनविरुद्ध परेका १३ रिटमाथि सुनुवाई जारी छ । सुनुवाइको दोस्रो दिन सोमबारको…

यतिबेला देशका मध्य तथा पूर्वी तराईका भूभागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ।