Logo माघ १५, २०७७ बिहीबार


तरुलमा नेपाल आत्मनिर्भर, संक्रान्तिमा ९ सय ६३ टन खपत

-रुपा घिमिरे

काठमाडौं । माघे संक्रान्तीमा बढी खपत हुने वस्तु तरुलमा मुलुक आत्मनिर्भर बनेको छ । तराईका जिल्लाहरुमा व्यवसायिक खेती हुन थालेसँगै भारत, चिन लगायतबाट तरुलको आयात घटेको हो ।

माघे संक्रान्तिमा बढी खपत हुने तरुलमा केही वर्ष अघिसम्म नेपाल अन्य मुलुकमाथि निर्भर हुन पर्ने अवस्था थियो । व्यावसायिक खेती विस्तार हुँदै गएपछि गत वर्षदेखि तरुलमा नेपाल आत्मनिर्भर बनेको छ । स्वदेशी उत्पादनले माग पूरा हुने गरेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका प्रवक्ता विनय श्रेष्ठ बताउनुहुन्छ ।

नेपालीले मनाउने चाडमध्ये पर्ने माघे संक्रान्तिमा तरुलको बढी उपयोग हुने गर्दछ । त्यसबाहेक तरुलको उपयोग स्वास्थ्यवर्धक मानिन्छ । हरेक घर घरमा खपत बढ्दै गएपछि पछिल्लो समय यसको खेती विस्तार हुँदै गएको छ । तराईका जिल्ला सर्लाही, नवलपरासी, सुनसरी लगायतमा तरुलको व्यवसायिक खेती हुने गरेको छ । ती जिल्लाबाट हालसम्म कालीमाटीमा करिब १ हजार २ सय टन तरुल भित्रिएको छ । जसमध्ये ९ सय ६३ टन माघे संक्रान्तिलाई लक्षित गरेर आयात गरिएको श्रेष्ठले बताउनुभयो ।

बजारमा तराईबाहेक पहाडी जिल्ला धादिङ, नुवाकोट, दोलखा, काभ्रे, पाल्पा, स्याङजा, गोरखा, लगायत जिल्लामा उत्पादन भएका १३ प्रकारका तरुल भित्रिएका छन् । अत्याधिक महँगो मानिएको वन तरुलसहित घर तरुल, हात्तिपाइले तरुल, रातो पत्ताले तरुल, मुढे तरुल, सिमल तरुल, पानी तरुल नामका तरुल कालीमाटीमा प्रति केजी ७० देखि ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

एउटै जातको भएपनि स्रोतअनुसार तरुलको मूल्य फरक पर्ने र बजारमा खुद्रा व्यापारीले कालीमाटी तरकारी बजारको होलसेल मूल्यभन्दा धेरै गुणा महंगो लिनसक्ने भन्दै बजार कारोबारमा ख्याल गर्न बजार विकास समितिले सुझाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । पूर्वमहान्यायाधिवक्ता युवराज संग्रौलाले अहिलेको संसद विघटनले मान्यता पाए चुनाव भएको दुई वर्षपछि हरेक प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेर चुनाव…

पौष शुक्ल चतुर्दशीका दिन हातगोडाको नङ काटी स्नान गरी शुद्ध बस्त्र पहिरिएर यसको सुरुवात हुन्छ ।

हाल उल्लेखनीय मौसमी प्रणाली नभएको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

धर्म कर्म परोपकारमा समय जानेछ । । फाइदा अरुले पाउनेछन् । पूरानो काम सुचारु हुनेछ ।

अधिवक्ता धनजीत बस्नेतले पूर्वप्रधान्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध अवहेलना मुद्दा दायर गर्नुभएको छ ।

धनगढीमा १७ गते आयोजना हुने विशाल जनप्रदर्शनको लागि नेकपा सुदूरपश्चिम प्रदेश कमिटीले तयारी तीव्र पारेको छ ।