१०५ वर्षमा नागरिकता

दोलखा । मेलुङ गाउँपालिका–३ निवासी दुर्गामाया कार्कीले १०५ वर्षमा नागरिकता पाउनुभएको छ ।
दोलखाको साविक मालु गाविस वडा नं ४ मा १९७२ भदौ १८ गते जन्मनुभएकी कार्कीले मंगलबार जिल्ला प्रशासन कार्यालय दोलखाबाट नागरिकता लिनुभएको हो ।
मालुमा जन्मनुभएकी कार्की ७७ वर्षअघि विवाह गरी घ्याङ्सुकाठोकर पुग्नुभएको र विवाहपश्चात श्रीमानसँग सम्बन्ध राम्रो नभएपश्चात छोरीसँग बस्दै आउनुभएको थियो ।