Logo माघ १५, २०७७ बिहीबार


विश्वभर ६ करोड ५७ लाख संक्रमणमुक्त, १९ लाख ६८ हजारको मृत्यु

काठमाडौं । विश्वभरमा ६ करोड ५७ लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन् । बुधबार बिहानसम्ममा ६ करोड ५७ लाख ८२ हजार ७०७ जना संक्रमित कोरोनामुक्त भएका हुन् ।

हालसम्म विश्वमा ९ करोड १९ लाख ७१ हजार ५२० जनामा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये १९ लाख ६८ हजार ३२५ जनाको मृत्यु भइसकेको छ । हाल विश्वमा २ करोड ४२ लाख २० हजारभन्दा बढी सक्रिय संक्रमित छन् ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म २ करोड ३३ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । संक्रमितमध्ये १ करोड ३७ लाख २१ हजारभन्दा बढी निको भएका छन् भने ३ लाख ८९ हजार ३७६ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

भारतमा हालसम्म १ करोड ४ लाख ९४ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । संक्रमितमध्ये १ करोड १ लाख २६ हजारभन्दा बढी निको भएका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख ५१ हजार ५४२ जना पुगेको छ ।

नेपालमा हालसम्म २ लाख ६५ हजार ६९८ जनामा कोरोना पुष्टि भएको छ । संक्रमितमध्ये २ लाख ५९ हजार ३५८ जना निको भएका छन् । यहाँ कोरोनाबाट १ हजार ९३२ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । पूर्वमहान्यायाधिवक्ता युवराज संग्रौलाले अहिलेको संसद विघटनले मान्यता पाए चुनाव भएको दुई वर्षपछि हरेक प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेर चुनाव…

काठमाडौं । बुधवार जनतासमाचार डट्कम मा ४ सय ५० नेपाली विदेशका जेलमा, २५ लाई मृत्युदण्ड, पछिल्लो २४ घण्टामा २ सय…

पौष शुक्ल चतुर्दशीका दिन हातगोडाको नङ काटी स्नान गरी शुद्ध बस्त्र पहिरिएर यसको सुरुवात हुन्छ ।

हाल उल्लेखनीय मौसमी प्रणाली नभएको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

धर्म कर्म परोपकारमा समय जानेछ । । फाइदा अरुले पाउनेछन् । पूरानो काम सुचारु हुनेछ ।

अधिवक्ता धनजीत बस्नेतले पूर्वप्रधान्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध अवहेलना मुद्दा दायर गर्नुभएको छ ।