सुनकाे भाउ तोलामा १०० रुपैयाँले बढ्यो

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको छ ।
मंगलबार छापावाला सुन प्रतितोला ९२ हजार ८०० मा कारोबार भएको थियो भने बुधबार बढेर प्रतितोला ९२ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी आज बजारमा तेजावी सुन प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार बजारमा चाँदीको भाउ १० रुपैयाँले बढेर प्रतितोला १ हजार २६० रुपैयाँमा कारोबार भइरहेको छ ।