Logo माघ ६, २०७७ मंगलबार


कोरोना खोप आयातका लागि दातालाई गुहार्दै सरकार

काठमाडौं । सरकारले कोरोनाविरुद्धको खोप आयातका लागि आर्थिक सहयोग गर्न आग्रह गरेको छ ।

सरकारी बजेटले मात्रै खोप खरिद गर्न नपुग्ने भन्दै स्वास्थ्य मन्त्रालयले दातृ निकाय, विदेशी, विभिन्न व्यवसायिक एवम् सामाजिक र परोपकारी संस्थाहरुलाई आर्थिक सहयोग गर्न आह्वान गरेको हो । दाताहरुले “खोप कोष” अन्तर्गत कोष तथा लेखा नियन्त्रणको कार्यालय त्रिपुरेश्वरको खातामा रकम जम्मा गर्न सक्नेछन् ।

कोषमा योगदान गर्ने दाताहरुसँग सहकार्य गरी जम्मा हुने रकम सरकारले खर्चको समीक्षा गरी परिचालन गर्ने जनाएको छ ।

प्राथमिकताको आधारमा लक्षित समूहलाई निःशुल्क खोप उपलब्ध गराउने सरकारले यसअघि नै घोषणा गरिसकेको छ । खोप आयातका लागि आवश्यक प्रक्रिया अघि बढिसकेको सरकारको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत रहेको पाटन अस्पताल पूरानो र विश्वसनीय अस्पतालको रुपमा चिनिन्छ ।

पहिलो चरणमा एड मार्क कलेजसँगको सहकार्यमा आयोजना गरिएको पहिलो श्रृङ्खलामा २०० युवाहरुको सहभागीता रहेका थियो ।

काठमाडाैं  ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक घोषणाविरुद्ध जाग्न…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिकाको १५० वर्षीय इतिहासमा आफ्ना उत्तराधिकारीलाई व्हाइट हाउसमा स्वागत नगर्ने राष्ट्रपति बनेका छन् । नवनिर्वाचित राष्ट्रपति…

कमला हमाल काठमाडौं । संवैधानिक इजलाशमा प्रतिनिधि सभा विघटनविरुद्ध परेका १३ रिटमाथि सुनुवाई जारी छ । सुनुवाइको दोस्रो दिन सोमबारको…

यतिबेला देशका मध्य तथा पूर्वी तराईका भूभागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ।