Logo माघ १५, २०७७ बिहीबार


बागलुङमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

फाइल तस्बिर

शिव बोहोरा
बागलुङ । जिल्लामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ट्याक्टर मध्यपहाडी लोक मार्गको बोक्से खाल्डेदेखि करिब १ सय ५० मिटर तल खस्दा चालकको मृत्यु भएको हो ।

मंगलबार राति करिब १२ बजे काठेखोला गाउँपालिकाको अक्षेतेदेखि बागलुङ बजार आउँदै गरेको ध १ त ४७१२ नम्बरको ट्याक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा म्याग्दीको धौलागिरी गाउँपालिका वडा नम्बर ७ मुनाका २९ वर्षीय केस पुन मगरको रहेका छन् । ट्याक्टरका सहचालक भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

मृतक चालकको शव पोस्टमार्टका लागि धौलागिरी अस्पताल बागलुङ ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । पूर्वमहान्यायाधिवक्ता युवराज संग्रौलाले अहिलेको संसद विघटनले मान्यता पाए चुनाव भएको दुई वर्षपछि हरेक प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेर चुनाव…

पौष शुक्ल चतुर्दशीका दिन हातगोडाको नङ काटी स्नान गरी शुद्ध बस्त्र पहिरिएर यसको सुरुवात हुन्छ ।

हाल उल्लेखनीय मौसमी प्रणाली नभएको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

धर्म कर्म परोपकारमा समय जानेछ । । फाइदा अरुले पाउनेछन् । पूरानो काम सुचारु हुनेछ ।

अधिवक्ता धनजीत बस्नेतले पूर्वप्रधान्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध अवहेलना मुद्दा दायर गर्नुभएको छ ।

धनगढीमा १७ गते आयोजना हुने विशाल जनप्रदर्शनको लागि नेकपा सुदूरपश्चिम प्रदेश कमिटीले तयारी तीव्र पारेको छ ।