Logo माघ ६, २०७७ मंगलबार


वैचारिक तथा सैद्धान्तिक सहमतिमै पार्टी एकता भएको थियो : अध्यक्ष दाहाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पार्टी एकता गर्दा विचार पुर्याएरै गरेको बताउनुभएको छ ।

काठमाडौंको प्रज्ञाप्रतिष्ठान कमलादीमा आज भइरहेको नेकपाको दाहाल–नेपाल समूहको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै दाहालले आफूहरुले विचारलाई ध्यान दिएर नै पार्टी एकता गरेको बताउनुभएको हो ।

उहाँले पार्टी एकता गर्दा मार्कसवाद–लेलिनवाद पार्टीको सिद्धान्त हुने कुरा एकता गर्दा स्पष्टसँग लेखेर हस्ताक्षर गरेको बताउनुभयो । जनताको वहुदलीय जनवादसहित स्वर्गीय नेता मदन भण्डारीको विचारलाई पनि सम्झौतामा उच्च मूल्यांकन गरिएको उहाँको भनाइ छ ।

त्यसैगरी माओवादी आन्दोलन र २१ औँ शताब्दीमा जनवाद सम्बन्धी अवधारणको पनि उच्च मूल्यांकन गरिएको उहाँले बताउनुभयो । पार्टी एकता गर्दा देशमा माओवादी आन्दोलनले खेलेको भूमिका महत्वपूर्ण भएको भन्ने कुरामा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि हस्ताक्षर गर्नुभएको उहाँले स्पष्ट पार्नुभयो ।

अध्यक्ष दाहालले वैधानिक नेकपा पार्टी आफूहरुको भएको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘कुनै पनि पार्टीमा व्यक्ति सर्वेसर्वा हुँदैन । बहुमतको निर्णय नै पार्टीको निर्णय हुन्छ । हाम्रो पार्टीको केन्द्रीय समितिको बबरमहलमा बसेको बैठकमा ७० प्रतिशत बढीको उपस्थितिको थियो । ७० प्रतिशतको निर्णय पार्टीको निर्णय हुन्छ । त्यसैले हामी आधिकारिक हौँ भन्ने कुरा कहीँ पनि प्रश्न गर्ने र शंका गर्ने ठाउँ छैन ।’

 

प्रतिक्रिया दिनुहोस्
विशेष

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत रहेको पाटन अस्पताल पूरानो र विश्वसनीय अस्पतालको रुपमा चिनिन्छ ।

पहिलो चरणमा एड मार्क कलेजसँगको सहकार्यमा आयोजना गरिएको पहिलो श्रृङ्खलामा २०० युवाहरुको सहभागीता रहेका थियो ।

काठमाडाैं  ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक घोषणाविरुद्ध जाग्न…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिकाको १५० वर्षीय इतिहासमा आफ्ना उत्तराधिकारीलाई व्हाइट हाउसमा स्वागत नगर्ने राष्ट्रपति बनेका छन् । नवनिर्वाचित राष्ट्रपति…

कमला हमाल काठमाडौं । संवैधानिक इजलाशमा प्रतिनिधि सभा विघटनविरुद्ध परेका १३ रिटमाथि सुनुवाई जारी छ । सुनुवाइको दोस्रो दिन सोमबारको…

यतिबेला देशका मध्य तथा पूर्वी तराईका भूभागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ।