पछिल्लो २४ घण्टामा ४४५ जनामा संक्रमण, ५ जनाको मृत्यु

काठमाडौं । नेपालमा थप चार सय ४५ जनामा कोरोना भाइरस संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा चार हजार एक सय ५४ जनाको पीसीआर परीक्षण गरिएकोमा चार सय ४५ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या दुई लाख ६६ हजार एक सय ४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज कोरोना भाइरस संक्रमणबाट पाँच जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक हजार नौ सय ३७ पुगेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा चार सय १४ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या दुई लाख ५९ हजार सात सय ७२ पुगेको मन्त्रालयले जनाएको छ। आज देशभर चार हजार चार सय ३४ जना सक्रिय संक्रमित छन् ।